सामान्य खोकीले बिग्रियो प्रधानमन्त्रीको दिनचर्या

सामान्य खोकीले बिग्रियो प्रधानमन्त्रीको दिनचर्या

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा स्वास्थ्यको कारण देखाउँदै प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएनन्। चियापान कार्यक्रममै पार्टी महासचिव विष्णु पौडेलले 'भाइरल फिभर र छातिमा समस्या देखिएकाले' प्रधानमन्त्री उपस्थित हुन नसकेको बताएपछि कार्यक्रमका सहभागी पनि मुखामुख गरे।

कार्यक्रमको अघिल्लो दिन शुक्रबार प्रधानमन्त्रीलार्इ खोकी लागेको र शनिरबार खोकी झन् बढेकाले चियापान कार्यक्रममा उनी सहभागी हुन नसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले अन्नपूर्णलाई जानकारी दिए। अर्यालका अनुसार चिकित्सकको सल्लाहबमोजिम प्रधानमन्त्री ओली अहिले बालुवाटारस्थित सरकारी निवासमा आराम गरिरहेका छन्।

'उहाँ आफैंमा मिर्गौला प्रत्यारोपण गरेको मान्छे हो, शरीर कमजोर हुने नै भयो', अर्यालले भने, 'त्यति ठूलो समस्या होइन, डाक्टरले धुलोधुँवा र भीडभाडमा नजानू भनेर सल्लाह मात्र दिएका हुन्।'

प्रधानमन्त्री सामान्य अस्वस्थ्यमात्र भएकाले सचिवालयले आधिकारिक वक्तव्य सार्वजनिक नगरेको अर्यालले बताए। उनका अनुसार आइतबार बस्ने मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री सहभागी हुनेछन्।

प्रधानमन्त्री ओलीको ११ वर्ष अगाडि २०६४ साल असारमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँदै आएका छन्। उक्त औषधिका कारण प्रतिरोधात्मक क्षमतामा कमि आएको र रुघाखोकीका कारण छातिमा संक्रमण बढ्ने खतरा देखेपछि चिकित्सकले उनलाई निवासमै आराम गर्न सुझाएका हुन्।

गतवर्ष पुस अन्तिम साता थाइल्यान्डको बैंककस्थित बुम्रुङग्र्याड अन्तर्राष्ट्रिय अस्पतालमा प्रधानमन्त्रीले फलोअप चेकअप भएको थियो। प्रधानमन्त्री  बनेपछि ओली फलोपअ चेकअपका लागि बैंकक जान पाएका छैनन्।

प्रेस सल्लाहकार डा. अर्यालका अनुसार प्रधानमन्त्रीले बैंकककै स्तरमा नेपालमै स्वास्थ्य जाँच गराइरहेका छन्। प्रधानमन्त्री तत्काल नै लागि फलोअप चेकअपका लागि बैंकक जान नचाहेको अर्याल बताउँछन्।

नेपाली चिकित्सकहरू डा.दिव्या सिंह र डा. दिलिप शर्माले प्रधानमन्त्रीको स्वास्थ्य जाँच गर्दै आएका छन्। डा.दीलिप शर्माकै सहल्लाहमा प्रधानमन्त्री अहिले आराम गरिरहेका हुन्‍। डा. सिंह भने अहिले विदेशमा छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.