तुलाधरको स्वास्थ्य सुधारोन्मुख
काठमाडौं : वामपन्थी राजनीतिज्ञ एवम् अधिकारकर्मी पद्यरत्न तुलाधरको स्वास्थ्य अवस्थामा सुधार आएको छ।
बिहान उठ्दा लर्बरिएको र हात उठाउन नसकेपछि शुक्रबार उनलाई न्युरो अस्पताल लगिएको थियो।
अस्पतालको सघन उपचार कक्षमा उपचाररत तुलाधरको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनकी छोरी सुम्निमा तुलाधरले जानकारी दिइन्।
तुलाधरको अवस्था बुझन उपराष्ट्रपति नन्दबहादुर पुन आइतबार अस्पताल पुगेका थिए। त्यस्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, सुरेन्द्र पाण्डे, नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई, हिसिला यमी लगायतका नेताले भेट गरेका छन्।
भेटन आएका नेतालाई चिनेको र सामान्य कुराकानी समेत गरेको छोरी सुम्निमाले बताइन्। उनले भनिन, ‘भेटन आएका व्यक्तिलाई चिन्नु हुन्छ। बोल्नुहुन्छ। स्वास्थ्य अवस्था सुधारोन्मुख छ।’
अन्नपूर्ण न्यूरो अस्पतालका वरिष्ठ न्युरो सर्जन बसन्त पन्तको नेतृत्वमा चिकित्सकको टिमले स्वास्थ्य उपचार गरिरहेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस !