मुटु बचाए मात्र मस्तिष्क जोगिन्छ

मुटु बचाए मात्र मस्तिष्क जोगिन्छ

काठमाडौं  : मस्तिष्कलाई फूर्तिलो बनाउने हो भने मुटुको पनि ख्याल राखौं। मुटु बिगार्ने तत्वले मस्तिष्कलाई पनि घात गर्छ। विश्वव्यापी रूपमा मृत्युको दोस्रो मुख्य कारणका रूपमा स्ट्रोक अर्थात् पक्षघात देखिएको छ। मुटुरोगलाई पहिलो मानिन्छ। जोसुकैलाई पनि पक्षघात हुन सक्ने वरिष्ठ न्युरोलोजिष्ट डा. राजु पौडेलको भनाइ छ। ‘मधुमेह र उच्च रक्तचाप भएका व्यक्तिलाई पक्षघात हुने सम्भावना बढी हुन्छ’, उनले भने। विश्वमा ६ जनामध्ये एक जनालाई जीवनको कुनै अवस्थामा कम्तीमा एक पटक पक्षघात हुने वल्र्ड स्ट्रोक अर्गनाइजेसनको अनुमान छ।

अचानक एकातर्फको मुख बांगिँदै गएको, बोल्दाबोल्दै बोली लरबरिनेलगायतका पक्षाघातका लक्षण हुन्। यस्तो बेला हात उचालेर राख्नसमेत अप्ठ्यारो हुन्छ। यस्ता लक्षण देखिएको चार घण्टाभित्र उपचार गराउन सके बिरामीको ज्यान बचाउन सक्ने सम्भावना रहने डा. पौडेल बताउँछन्। ‘बिरामीलाई जतिसक्दो छिटो उपचारका लागि ल्याएको अवस्थामा धमनीमा भएको अवरोध हटाउने औषधि दिएर बचाउन सकिन्छ। अपागंता हुनबाट पनि जोगाउन सकिन्छ’, उनले भने।

पक्षघात हुँदा मस्तिष्कमा रक्त सञ्चार हुन सक्दैन। दिमागसम्म रक्तसञ्चार हुन नपाउँदा वा कम हुँदा पक्षघात हुन्छ। यो अवस्थामा दिमागसम्म आवश्यक मात्रामा अक्सिजन वा पोषक तत्व पुग्न पाउँदैन। परिणामस्वरूप दिमागका कोष मर्न थाल्छन्। यस्तो परिस्थितिमा हरेक सेकेन्ड दिमागका ३२ हजार कोष मर्ने डा. पौडेलको भनाइ छ। ‘यस हिसाबले एक घण्टाभित्र २० लाख कोष मर्छन्। कोषहरूको मर्ने क्रम बढ्दै जाँदा ज्यान जोखिममा पर्छ’, उनले भने, ‘चाँडै उपचार सुरु गर्नु नै ज्यान बचाउने एक मात्र उपाय हो।’

विश्वमा ६ जनामध्ये एक जनालाई जीवनको कुनै अवस्थामा कम्तीमा एक पटक पक्षघात हुने तथ्यांक छ।

मस्तिष्कसँग जोडिएको धमनीमा रोकावट आउँदा वा खुम्चिँदा मस्तिष्कमा रक्तसञ्चार कम भई आइसेमिक स्ट्रोक हुन्छ। अधिकांशलाई आइसेमिक स्ट्रोक हुने चिकित्सक बताउँछन्। मस्तिष्कमा जोडिएको धमनी चुहिँदा वा फुट्दा हेमोरेजिक स्ट्रोक हुन्छ। नसाबाट चुहिएको रगतले मस्तिष्कमा चाप बढाउँछ। कोषमा समेत क्षति पुर्‍याउँछ।

यसबाहेक केही क्षणका लागि रक्तसञ्चार हुन नपाएको अवस्थालाई टीआईए स्ट्रोकका रूपमा लिइन्छ। यो तुलनात्मक रूपमा आइसेमिक र हेमोरेजिकभन्दा तुलनात्मक रूपमा कम जोखिमपूर्ण हुने चिकित्सक बताउँछन्। तर भविष्यमा हुन सक्ने स्ट्रोकको लक्षण भएको डा. पौडेलको भनाइ छ। ‘सकेसम्म शरीरको परीक्षण गराउनुपर्छ। नभए पनि समयसमयमा रगतको परीक्षण गर्नु आवश्यक छ। मुटु स्वस्थ राख्न सके दिमाग पनि बलियो हुन्छ’, डा. पौडेलले भने, ‘मुटुको जोखिम बढाउने खाद्यपदार्थले मस्तिष्कमा समेत असर पुर्‍याउँछ।’

मुटुले रगत पम्प गर्दा धमनीमार्फत नै मस्तिष्कमा रगत पठाउँछ। मुटु र फोक्सोलाई नियन्त्रण गर्ने मस्तिष्कको भागमा रगत आपूर्ति बन्द भई मस्तिष्कघात हुने वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मनबहादुर केसीको भनाइ छ। मद्यपान तथा धूमपान नगर्ने, नियमित व्यायाम गर्ने र खानपिनमा ध्यान दिई स्वस्थ्य जीवनशैली बिताउने हो भने हृदयाघात तथा मस्तिष्कघातबाट बच्न सकिने चिकित्सकको सुझाव छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.