घाइतेलाई अस्पतालमै छोडेर भाग्ने चालक पक्राउ
बर्दिबास : घाइतेलाई हस्पिटमै छाडेर भाग्ने सर्लाही संग्रामपुरका कृष्णकुमार महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तरगत महोत्तरीको बर्दिबास नगरपालिका–४ माइस्थानमा गत जेष्ठ १ गते महतोले चलाएको ना. ५१ प. ७६०० नम्बरको मोटरसाइकलको ठक्कबरबाट रामेछापका ३७ वर्षीय पैदलयात्री गुणराज खड्का गम्भिर घाइते भएका थिए ।
खड्कालाई उपचार गराउन चालक महतोले काठमाण्डौंको त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटलमा भर्ना गराएका थिए । घाइतेलाई हस्पिटमै छोडेर महतो भाग्न खोज्दा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घाइते खड्काको भने आइसियुमै उपचारको क्रममा कात्तिक ७ गते मुत्यु भएको हो । इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी नकुल पोखरेलका अनुसार अस्पतालमा २० लाख भन्दा बढी उपचार खर्च महतोले तिर्न बाँकी नै छ । फरार अवस्थामा रहेका महतोलाई प्रहरीले पक्राउ गरेर प्रहरीले सवारी ज्यान शीर्षकमा मुद्दा चलाएको छ ।