चिकित्सकसँग प्रधानमन्त्रीको ठट्टा : मलाई पाता कसेर राख्न लागेको हो कि क्या हो ?

चिकित्सकसँग प्रधानमन्त्रीको ठट्टा : मलाई पाता कसेर राख्न लागेको हो कि क्या हो ?

काठमाडौं :  छातीको समस्या हट्दै गएपछि प्रधानमन्त्री केपी ओली बालुवाटार फर्किन आतुर देखिएका छन्। एन्टिबायोटिक औषधिको डोज सकिएपछि उनले आफूलाई छिटो डिस्चार्ज गर्न चिकित्सकलाई आग्रहसमेत गरेका छन्।

पाँच दिनदेखि सुईबाट लिइरहेको एन्टिबायोटिकको डोज सकिएपछि बिहीबारबाट उनले औषधि सेवन थाल्दै छन्। प्रधानमन्त्री ओलीले बुधबार अस्पतालमै बोलाई गृहमन्त्री रामबहादुर थापा, रक्षामन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरालाई भेटी आवश्यक निर्देशन दिए। उनी सोमबारदेखि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत छन्। प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उपेक्षित सुधार भएको सेन्टरका कार्यकारी निर्देशक प्राडा. उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्रीले नियमित खाना खान थालेको उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा. अरुण सायमीले बताए। ‘दाल, भात, तरकारीसहितको खाना खानुभयो’, उनले भने, ‘तन्दुरुस्त हुँदै जानुभएको छ। डिस्चार्ज गरिहाल्दा फेरि दौडधूप भई संक्रमण हुने भएकाले फकाइफुल्याई राखेका छौं’, उनले भने। एक दशकअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको रोग प्रतिरोधात्मक क्षमता घटेको र नजिकै रहेर भेटघाट गर्दा पनि संक्रमण हुने सक्ने एक चिकित्सकको भनाइ छ।

डिस्चार्ज गर्न प्रधानमन्त्री ओलीले दबाब दिइरहेका छन्। ‘मलाई पाता कसेर राख्न लागेको हो कि क्या हो ?’ भन्दै प्रधानमन्त्री ओलीले ठट्यौलीसमेत गर्न थालेको डा. सायमीले बताए। 

डा. सायमीको संयोजकत्वमा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्राडा. दिव्या सिंह शाह र डा. सन्तकुमार दास प्रधानमन्त्रीको उपचारमा संलग्न छन्।

प्रधानमन्त्री  ओलीको स्वास्थ्य अवस्थाबारे बुधबार अपरान्ह अस्पतालले सार्वजनिक गरेको विज्ञप्ति


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.