१ लाख ८० हजार नगदसहित १३ जुवाडे पक्राउ

१ लाख ८० हजार नगदसहित १३ जुवाडे पक्राउ

सुर्खेतः सुर्खेतको पूर्वी क्षेत्र दशरथपुरबाट बुधबार राति १३ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय छिन्छुबाट खटिएको प्रहरीले नगदसहित १३ जनालाई पक्राउ गरेको हो। 

स्थानीयको घरमा खेलिरहेका १३ जनाको साथबाट प्रहरीले एकलाख ६४ हजार चारसय ४० र खालबाट १५ हजार सातसय गरी एकलाख ८० हजार नगद बरामत गरेको इलाका प्रहरी कार्यालय छिन्छुका प्रहरी निरीक्षक मधु न्यौपानेले जानकारी दिए।

पक्राउ पर्नेमा लेकवेशी गाउँपालिका-३ का टोपबहादुर पौडेल, टिकाराम राना, सुरेन्द्र पौडेल, उमेश वली, अनुव बस्नेत, बिनोद शाही, अमर थापा, ललित सुनार, छवि पौडेल, हर्क विक, खगेन्द्र विर्कट्टा, टोपेन्द्र वली र राजन कार्की रहेका छन्। 

पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि प्रहरीको निगरानीमा राखिएको छ। प्रहरी निरीक्षक न्यौपानेले दसैं तथा तिहारको मौका पारेर गाउँमा जुवा अखाडा जमाउँदै आउने गरेकोमा आफूहरुले जुवातास नियन्त्रणका लागि कडाई थालेको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.