काठ चोरेर भाग्दै गर्दा च्यापिएर मृत्यु
सुर्खेतः मध्यारातमा काठ चोरी गरेर ल्याउँदा काठले च्यापेर एकजनाको ज्यान गएको छ। सुर्खेतको गुर्भाकोट नगरपालिका-७ को रानीवन सामुदायिक वनबाट मध्यरातमा काठ चोरी गरी ल्याउने क्रममा काँधमा बोकेको काठले थिचेर स्थानीय २५ वर्षका मिम वेगारको ज्यान गएको हो।
घरका निर्माण गर्दा आवश्यक दार लुकीछिपी ल्याउन बुधबार राति स्थानीय आठजना युवा जंगलमा छिरेको छिन्चुका प्रहरी निरीक्षक मधु न्यौपाने बताए। उनका अनुसार रुख काटेर ल्याउँदै गर्दा भाग्ने क्रममा आठजनाले बोकेको काठ छोडेका थिए । आठजनाले बोकेको गह्रौ काठ वेगारको काँधमा पर्दा घाँटी थिचिएर घटनास्थलमै उनको ज्यान गएको प्रहरीले बताएको छ
प्रहरीले जानकारी पाएपछि मृतक वेगारसहित अन्य सातजनालाई पनि नियन्त्रणमा लिइएको छ। आवश्यक प्रक्रिया सकेर पक्राउ परेका अन्यलाई जिल्ला वन कार्यालय सुर्खेतमा बुझाइने प्रहरी निरीक्षक न्यौपानेको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !