उच्छृङ्खल गतिविधि गर्ने ४० विदेशी पर्यटकलार्इ फिर्ता पठाइयो

उच्छृङ्खल गतिविधि गर्ने ४० विदेशी पर्यटकलार्इ फिर्ता पठाइयो

अर्घाखाँची : स्थानीय प्रशासनको अनुमतिबिना अर्घाखाँचीको शितगंगा नगरपालिकामा प्रवेश गरी उच्छृङ्खल गतिविधि गर्ने ४० जना विदेशी पर्यटकलाई  प्रहरीले फिर्ता पठाएको छ ।  उनीहरु शितगंगा नगरपालिका–६ गोवांग खोला र बुंची खोलाको दोभानमा स्थानीय प्रशासनको अनुमतिबिना प्रवेश गरी टेन्ट हालेर बसेका थिए ।

ती पर्यटकले विभिन्न नाङ्गै भएर नाच्ने, नाङ्गै नुहाउने जस्ता उच्छृङ्खल गतिविधि गरेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । प्रहरी परिचालन गरी उनीहरु सबैलार्इ नियन्त्रणमा लिएर फिर्ता पठाइएको  प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिएका छन् । 

तीन दिनदेखि विदेशीहरु आएर उच्छृखल गतिविधि गरेको सूचना स्थानीयले गरेपछि प्रमुख जिल्ला अधिकारीले प्रहरी निरीक्षक कमल परियारको नेतृत्वमा प्रहरी टोलीलाइ घटनास्थलमा पठाएका थिए । 

विदेशी नागरिक ल्याउने ४ जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँची शितगंगा–१० हर्रेका शालिकराम पोख्रेल, कपिलवस्तु बनगाइका मोतीराम गैरे, ललितपुरका शु–सान्त पौडेल र वारा कलैयाका दिपेन्द्र सोनारी रहेकाछन् । 

अर्घाखाँचीको बुङ्ची खोला बगरमा २५ राष्ट्रका ४० बढी नागरिकले उच्छृङ्खल गतिविधि गरिरहेको जानकारीपछि इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल परियारको टोली घटनास्थलमा पुगेर उनीहरुलाई फिर्ता गरेका हुन्। 


प्रहरी निरीक्षक परियारका अनुसार उनीहरु विभिन्न देशका भएका कारण भाषामा समेत समस्या भएको थियो।  नेपालको कानुन अनुसार विदेशी पर्यटकलाई पक्राउ गर्न नमिल्ने भएकाले फिर्ता गरिएको र नेपालीहरुलाई कानुन अनुसार कारबाही गरिने प्रजिअ भुसालले बताए ।  

शीतगंगा नगरपालिका भित्र पर्ने उक्त क्षेत्रमा विदेशी नागरिकहरुको समुहले बस्नकालागि अनुमति लिन नगरपालिकामा निवेदन दिएका थिए शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य अधिकारीले भने तर सुरक्षा हेर्ने जिल्ला प्रशासन हो ।

त्यही गएर अनुमति लिनु भनेर केहि दिन पहिलेनै पठाएका हौ । उनी बसेको बारे आफुलाइ थाहा छैन नगर प्रमुख अधिकारीले भने ।  
प्रजिअ भुसालका अनुसार विदेशीहरु २,३ जनाका दरले जंगलमा प्रवेस गरेका थिए । उनीहरु ठाडा, जुकेना, जलुके, भालुवांगको बाटो भएर २,३ जनाको दरले जंगलमा गएका थिए । उनीहरु खास के उदेश्यले प्रवेस गरेका हुन भनेर अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.