गायक खरेल निर्मला पन्तको परिवारलाई भेट्न घरमा
महेन्द्रनगर : नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक प्रमोद खरेलले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका परिवारसँग भेट गरेका छन्। महाकाली पारी आयोजित सांगीतिक कार्यक्रममा सहभागी हुन आएका खरेलले शनिबार बिहान घरमै पुगेर बुबाआमा र घरका अन्य सदस्यसँग भेट गरेका हुन्।
भेटका क्रममा खरेलले गीत संगीतको माध्यमबाट आफूले पनि निर्मलाको न्यायका लागि लागेको बताए। ‘यो जघन्य अपराध हो, एकसय दिन पुगिसक्दा समेत अहिलेसम्म हत्यारा पक्राउ परेका छैनन्’ उनले भने, ‘आफूहरुले गीत संगीतका माध्यमबाट समेत न्याय मागी रहेका छौं।’
भेटका क्रममा निर्मलाका बुबा यज्ञराजले एक सयदिन बितिसक्दा समेत अहिलेसम्म हत्यारा पत्ता नलागेको भन्दै गीत संगीतका माध्यमबाट समेत थप दबाब सिर्जना गरिदिन गायक खरेललाई आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस !