काठमाडौं लाँदै गरेको ठूलो परिमाणको लागूऔषधसहित दुई पक्राउ

काठमाडौं लाँदै गरेको ठूलो परिमाणको लागूऔषधसहित दुई पक्राउ

महोत्तरी : प्रहरीले जिल्लाको बर्दिवास नगरपालिकाबाट ठूलो परिमाणको लागू औषध बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बर्दिवासको चेकजाँच टोलीले वीपी राजमार्गस्थित बर्दिवास-सिन्धुली-खुर्कोट सडकखण्डमा पर्ने बर्दिवास नगरपालिका वडा नम्बर ३ गौरीडाँडाबाट लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको हो।

बा३ख ८४६८ नम्बरको माइक्रोबसमा काठमाडौं आइरहेका दुईजनाको झोलाबाट विभिन्न प्रकारका कम्तिमा १८ सय एमपुल लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले यस क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणको लागूऔषध बरामद भएको जनाएको छ।

पक्राउ पर्नेमा धनुषाको जनकनन्दनी गाउँपालिका २ बलहाका ३६ वर्षका महम्मद अताबुल नदाफ र सोही ठाउँका ३३ वर्षका महम्मद इलियास नदाफ छन्। उनीहरू भारतको जयनगरबाट काठमाडौं आउँदै गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

उनीहरूले झोलामा लुकाएर उक्त परिमाणको लागूऔषध काठमाडौं ल्याउँदै थिए। उनीहरूले २५ हजार भारतीय रुपैयाँमा लागूऔषध किनेर ल्याउँदै गरेको बताएका छन्।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.