चार वर्षीया बालिकाको ज्यान लिएपछि चितुवा मार्न ४५ प्रहरी परिचालन

चार वर्षीया बालिकाको ज्यान लिएपछि चितुवा मार्न ४५ प्रहरी परिचालन

अर्घाखाँची : गएराति चितुवाको आक्रमणबाट अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ ढिकुरामा ४ वर्षीय बालकको ज्यान गएपछि चितुवा मार्न प्रहरी परिचालन गरिएको छ।

 
जिल्लाका विभिन्न स्थानमा चितुवाको आक्रमण नरोकिएपछि चितुवा  आतङ्कले जिल्लावासी त्रसित भएका छन्। चितुवा मार्न शसस्त्र प्रहरी र नेपाल प्रहरी र वनका सुरक्षकर्मीसहित ४५  जना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए।

चितुवाको आक्रमणबाट ज्यान गुमाएका बालकको घरमा गइ परिवारलाई समवेदना प्रकट गर्दै प्रमुख जिल्ला अधिकारी भुसालले स्थानीयको माग अनुसार चितुवा मार्न घटनास्थलबाटै सुरक्षाकर्मी  परिचालन गरेका हुन्।
 नरभक्षी चितुवा मार्न हतियारसहितको विशेष टोली परिचालन भएको हो।

चितुवाको आक्रमण भएपछि प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको नेतृत्वमा प्रहरी निरीक्षक खिमबहादुर घम,  जिल्ला वन कार्यलयका प्रमुख अजयविक्रम मानन्धरसहितको टोली  परिचालन भएको हो। 

नगरपालिकाका नगर प्रमुख रेशम थापा र नगर उपप्रमुख खडानन्द बेल्बासेल पनि चितुवा मार्न तथा नियन्त्रण गर्न स्थानीय सरकार लागि पर्ने बताए। 

जिल्लामा चितुवा आक्रमण  र आतंक बढ्दै गएको लामो समय हुँदासमेत प्रहरी प्रशासनले चितुवा मार्नका लागि अहिलेसम्म महत्वपूर्ण भूमिका खेल्न नसकेको भन्दै स्थानीय बासिन्दा आक्रोशित भएका छन्।

चितुवा आतंक बढ्दै गएपछि खाचिकोट, ढिकुरा, नुवाकोट, सन्धिखर्क, किमडाँडालगायतका स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा ४ वर्षदेखि चितुवाले दुःख दिँदै आएको छ।

नरभक्षी चितुवाले पछिल्लो पाँच बर्षमा दुई दर्जन बालबालिकामा आक्रमण गरेको छ। जसका कारण १८ जनाको ज्यान गएको छ। ६ जना घाइते उपचारपछि निको भएका छन्।  
 
चितुवा आतंक बढ्दै गएपछि सन्धिखर्क, किमडाँडा, अर्घा, खाचिकोट, ढिकुरा, नुवाकोट, लगायतका स्थानीय त्रसित छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.