बदलियो जीवनशैली

बदलियो जीवनशैली

तिहार फूल र सेलरोटीको पर्व हो। यो पर्वमा सबैका घरघरमा सेल पाक्छ। गाउँमा त सेलरोटी एकै दिन दुई/चार डाला/नाङ्ला पनि पाक्छ। आगोको तापमा बसेर दैनिक रोटी पकाइरहनुभन्दा एकै दिन धेरै पकाएर छुटकारा पाउने पद्धति हो, यो।

यो पद्धति गाउँघरमा अझै पनि कायमै छ। तर, सहर र नयाँ प्रविधिको विकासले छोएको स्थानमा लक्ष्मी पुजाका दिनदेखि भाइटीकाका दिनसम्म रोटी पाक्छ। अँगेनोको ठाउँमा ग्यास र ग्यासको ठाउँमा इलेक्ट्रिक इन्डक्सन चुलो प्रयोगमा आइसकेको छ। यसले जीवन पद्धतिमा पनि परिवर्तन ल्याएको हो। यसले मानिसको जीवनशैलीलाई सहज र सरल बनाएको छ।

तिहार र छटको रौनकमा रहेका हाम्रा लागि यो एउटा उदाहरण मात्रै हो। घरायसी सामग्रीमा आएको परिवर्तले जीवनशैली सहज बनाउँदै छ। बिहान उठ्दा टी मेकरबाट बनेको चिया खानेदेखि राति सुत्ता एसी अथवा हिटर चलाएर सुत्ने जीवन शैलीबाट हामी नियाल्न सक्छौं हाम्रो घरायसी प्रविधि कति फड्को मारेको छ। हरेक दिन बजारमा भित्रिने नयाँनयाँ प्रविधिलाई आत्मासाथ गर्दै आएको यो समाजले पुराना पद्धतिबाट भने छुटकारा पाएको छ।

‘अहिले यो अनिवार्य नै हो’, सीजी इलेक्ट्रोनिक ग्रुपका डेपुटी जनरल म्यानेजर सञ्जयराज भण्डारी भन्छन्, ‘अहिले किचनमा रेफ्रिजेरेटर नहुँदा गृहणीलाई समस्या हुन्छ। रेफ्रिजेरेटरले व्यस्त जीवनशैलीलाई थप सरल बनाएको छ। खाना, फलफुललगायत विभिन्न परिकार बनाएर लामो समयसम्म ताजा र सुरक्षित राख्नकै लागि पनि यसको प्रयोग बढेको हो।’ गर्मीमा चिसो पानी पिउनेदेखि आइसक्रिम बनाएर खानेका लागि पनि रेफ्रिजेरेटर आवश्यकता हो।

पछिल्लो समयमा विस्तारै स्मार्ट इन्भर्टरसहितका फ्रिज बजारमा आएका छन्। स्मार्ट फ्रिज समसापेक्ष र प्रविधिको हिसाबले पनि परिस्कृत छन्। साधारण फ्रिजको तुलनामा स्मार्ट इन्भर्टर फ्रिजले ३० प्रतिशत बिजुलीको बचत गर्ने भन्डारी बताउँछन्। उनका अनुसार बजारमा १३ हजारदेखि पाँच लाख रुपैयाँसम्मका फ्रिज पाइन्छन्। ९० लिटरदेखि आठ सय लिटरसम्मका फ्रिज उपलब्ध छन्।

माइक्रोवेभ ओभन पनि दैनिक जीवनशैलीसँग जोडिएको त्यस्तै एउटा आवश्यकता हो। विभिन्न परिकार बनाउन सकिने माइक्रो वेभ ओभनले पनि गृहणीको जीवन सहज बनाइदिएको छ। विभिन्न परिकार तताउनेदेखि परिकार नै बनाउन सकिने माइक्रोवेभले समयको बचत गर्दै गएको कलर्स एप्लाएन्सका कार्यकारी निर्देशक ललित आचार्य बताउँछन्। उनका अनुसार वासिङ मेसिन पनि यो समयका लागि सबैभन्दा राम्रो उत्पादन हो।

पानी र समयको अभाव भएका हाम्रा लागि वासिङ मेसिनले दुवैको बचत गरेको छ। यसले व्यस्त समयबीच पनि मानिसलाई लुगाधुन सक्ने बनाएको छ। यस्तै अन्य दर्जनौं उत्पादन छन् जुन हाम्रा हरेक जीवनशैलीमा जोडिएको छन्। जस्तो, ग्यास हिटर, इलेक्ट्रिक हिटर, इलेक्ट्रिक क्याटल, इलेक्ट्रिक इन्डक्सन चुलो, गिजर, डिस वासर, फ्यान, एसी, मिक्स्चर, भ्याकुम क्लिनर, टेलिभिजनलगायत हुन्।

यासुदाको नेपालका लागि आधिकारिक बिक्रेता त्रिवेणी व्यापार कम्पनीका मार्केटिङ विभागीय प्रमुख संजोग मि श्रका अनुसार बजारमा आएका यी प्रविधिको प्रयोगले मानवीय दैनिकी सहज र सरल हुँदै गएको छ। त्यही सहजतको अर्को उदाहरण हो ‘भ्याकुम क्लिनर’। घर तथा कोठा सफा गर्न परम्परागत कुचाको सट्टा अहिले आधुनिक मेसिन ‘भ्याकुम क्लिनर’ प्रयोग हुन्छ्। यसले सजिलो, सरल र समयसमेत बचत हुनुका साथै धूलोबाट पनि बचाउन मद्दत गरेको छ।

सहजतामात्र हैन दैनिक जीवनसँग जोडिएको घरायसी सामानले घरको आकर्षणलाई समेत बढाएको छ। घरभित्रको सजावट र दैनिक जीवनमा प्रयोग हुने सामानको व्यवस्थापनले पनि घरलाई सुन्दर देखाउन मद्दत गरेको उनी बताउँछन्। मान्छेको घरमा पस्दा देखिने एउटा आकर्षणरूपले पनि फरक सन्देश दिन्छ्। त्यसैले घरलाई आकर्षण बनाउन रंग रोगनले मात्रै पुग्दैन। त्यसमा प्रयोग हुने फर्निचर र अन्य घराएसी सामग्रीले पनि नयाँ रुप दिन्छ।

‘तिहारको समयमा मान्छेले घरलाईनै सजाउन कतिपय सामग्री खरिद गरेको हुन्छन’्, उनी भन्छन्। सामान्यतया घरको प्रवेशद्वारदेखि सिटिङ रुम, पाहुना कक्ष, भान्छामासमेत राखिएका यस्ता सामग्रीले घरको सुन्दरतालाई थप आकर्षक बनाउने काम गर्छ। भान्छामा प्रयोग हुने किचन सेट, दराज, रेफ्रिजेनेरेटरले दिने सौदर्यले पनि मानिसलाई आकर्षित गर्छ।

अहिले हर्ने हो भने, नेपाली बजरमा सीजी, एलजी, टीसीएल, यासुदा, सामसङ, गोदरेज, हिमस्टार, स्मार्ट, कलर्सलगायत ब्रान्डमा यस्ता उत्पादन छन्। त्यसमा पनि यो सयम अर्थात् तिहार र छटमा सबैभन्दा बढी बिक्री हुने फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ ओभन, हिटर आदी भएको व्यवसायी भनाइ छ।

‘रेफ्रिजेरेटर, वासिङ मेसिन र भ्याकुम क्लिनर, माइक्रोवेभ ओभनको बजारमा बढ्दो माग छ। ‘सीजी इलेक्ट्रोनिक ग्रुपका डेपुटी जनरल म्यानेजर भण्डारी भन्छन्, ‘जाडो नजिकिँदै गर्दा त्यसलाई पनि मध्यनजर गरेर ग्राहकले सामान खरिद गर्ने भएकाले यस्तो सामग्रीको बढी बिक्री हुन्छ।

यो सयमा अन्य समयको तुलनामा बजार आकासिएको हुन्छ। कम्पनीले ल्याउने फेस्टिभ अफरले पनि बजारलाई तताएको हुन्छ। यो समय सामान्यभन्दा ३०–४० प्रतिशतले व्यापार वृद्धि हुने भन्डारी बताउँछन्।

‘यो समयमा ग्राहकले २५–३० प्रतिशले सामान छुट पाउँछन’, कलर्स एप्लाएन्सका कार्यकारी निर्देशक आचार्य भन्छन्, ‘त्यसैले पनि ग्राहक फेस्टिभ समयमा सामग्री खरिद गर्न पर्खिएरहेका हुन्छन्। अर्को आम्दानी पनि हो। बोनसकारूपमा आउने पैसा र विदेशबाट आउने मानिसको बढ्दो संख्याले पनि यो समयमा बजारलाई उकास्ने काम गर्छ।’

इलेक्ट्रोनिक्स घराएसी सामग्रीकै विषमा कुरा गर्ने हो भने हाम्रो समाज वृहत परिवारबाट एकल परिवारमा बस्न रुचाउन थालेका छन्। ‘एकल परिवारको विकासले पनि यो व्यवसाय राम्रो हुँदै गएको छ’, उनले भने। अर्को आफ्नो दिदी बहिनीलाई उपहार स्वरुप घरायसी सामग्री प्रदान गर्ने प्रचलनको पनि विस्तारै विकास भइरहेको उनी बताउँछन्।

पछिल्लो सयम उपहारको प्रचलनले प्राथामिकता पाएको छ। टीका लगाएर पैसाभन्दा उपहार दिँदा राम्रो हुने भन्ने भावको विकास भएको छ। उपहारमा घरायसी प्रयोजनमा कामलाग्ने सामग्री दिनेको संख्या बढी हुने गरेको उनको ठम्याईं छ।

अर्कोतर्फ आधुनिक जीवनशैलीसँगै यस आरामको दिनचर्यालाई रोज्ने उपभोक्ताको हरेक क्षण यस्तै घरायसी सामाग्रीसँग जोडिएकाले पनि बजार चलायमान छ। ‘त्योभन्दा पनि लोडसेडीको अन्त्यले यो व्यवसायलाई ठूलो सहयोग पुगेको छ’, उनी भन्छन्, ‘लोडसेडिङको अन्त्यसँगै उकालो लागेको यसको बजारमा हरेर वर्ष २०–२५ प्रतिशतको वृद्धि भइरहेको छ।

व्यापारमा भएको यो वृद्धिसँगै कम्पनीले पनि आफ्नो सेवालाई प्राथामिकतामा राख्न थालेका छन्। ‘अहिले बिक्रीभन्दा पनि बिक्रीपछिको सेवा सबैभन्दा महत्वपूर्ण भएको छ’, त्रिवेणी व्यापार कम्पनीका मार्केटिङ विभागीय प्रमुख मि श्र भन्छन्, ‘ग्राहकलाई दिने सेवा र गुणस्तरताले नै कुनै पनि कम्पनीलाई ग्राहक चिनिएका हुन्छन्। ग्राहकलाई कम्पनीले दिने सेवा अहिलेको व्यापारको कडी हो।

‘उत्पादन कुन देशबाट बनेर आएको छ त्यो ग्राहकले खासै महत्व राख्दैनन्’, कलर्स एप्लाएन्सका कार्यकारी निर्देशक आचार्य भन्छन्, ‘पहिले चाइनिज ब्रान्डका उत्पादन ग्राहकले रुचाउँदैनथे तर अहिले सोचमा परिवर्तन भएको छ। आईफोन पनि चीनमा बनेर आउँछ भन्ने थाहा भएसँगै उपभोक्ताले चाइनिज ब्रान्ड पनि विश्वास गर्न थालेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.