मोदी धेरैपल्ट आउनुभयो, अहिले नआउँदैमा ठूलो खबर हुँदैन : प्रचण्ड

मोदी धेरैपल्ट आउनुभयो, अहिले नआउँदैमा ठूलो खबर हुँदैन : प्रचण्ड

विराटनगर : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा नआउनु ‘ठूलो समाचार’ नभएको टिप्पणी गरेका छन् ।

विवाह पञ्चमीको अवसरमा १२ डिसेम्बरमा जनकपुर आउने भनिएका मोदी नआउनसक्ने विषयमा उनले यस्तो टिप्पणी गरेका हुन् । ‘अहिले यो भ्रमण अनिश्चित भएको खबरहरु आएका छन्’ प्रचण्डले भने, ‘मोदी भ्रमणमा नआउनु ठूलो खबर चाहिँ होइन् ।’

उनले थपे, ‘मलाई सबै थाहा छैन तर, मोदी धेरै आइसक्नुभयो, यो पटक आउनु नै भएन भने पनि ठूलो खबर भएन ।’ यद्यपि मोदीको नेपाल भ्रमणको सम्भावना अझै रहेको प्रचण्डले बताए ।

यसबाहेक उनले पार्टीको केन्द्रमा विवाद भएका कारण पार्टी एकता ढिलो भएको स्वीकार गरे । भविष्यमा आउने अप्ठ्यारोलाई अहिले नै सच्याएर जाने योजना बनाएकाले पनि पार्टी एकताको कार्य ढिलाइ भएको उनले बताएका छन् । साथै सरकार पुर्नगठनको सम्भावना तत्कालै नरहेको पनि बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.