छठको किनमेलले बजारमा रौनक (२० तस्बिरमा हेर्नुहोस्)

छठको किनमेलले बजारमा रौनक (२० तस्बिरमा हेर्नुहोस्)

गौशाला, महोत्तरी : तराईबासी आस्थाको महापर्व छठका लागि चाहिने पूजा सामग्री किनमेलमा व्यस्त छन्। आज छठ पूजाको दोस्रो दिन खरनाको तयारीमा ब्रतालुहरु तम्तयार भएर बसेका छन्। छठी माताको पूजाका लागि मंगलबार सँझिया घाटको तयारीमा तराईबासीहरु जुटेका छन्।छठी मातालाई केरा, मूला, अदुवा, नरिवल, पान, सुपारी, नाङ्लो, ढकी, चंगेरी, माटोको हात्ती किनमेलका लागि महोत्तरीको प्रमुख व्यापारी केन्द्र गौशालामा लाग्ने सोमबारे हाटमा ठूलो भीड लागेको छ।

सूर्यदेवको आरधना, उपसना र पूजाको यो पर्वमा केरा, उखु, नरिवललगायतका फलफूल, बासद्वारा निर्मित नाङ्लो, ढकी, चंगेरी आवश्यक पर्छ। त्यसैगरी, माटोबाट निर्मित पाला, हात्ती, घैलालगायत सामग्री र महिलाले लगाउने वस्त्र, गरगहना चाहिन्छ। पर्वमा यी सामग्रीको खरीद बिक्रीले राम्रो कारोबार पाउँछ। छठ पर्वमा अर्घका रुपमा ठेकुवा, भुसुवा चढाइन्छ।

सूर्यको उपासना गरी मनाइने छठ पर्वअन्तरगत आज दोस्रो दिन खरना मनाइँदैछ। आजकै दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी ब्रतालुहरु दिनभर उपवास बस्छन्।

आजै बेलुकीपख चन्द्रमाको दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटोकै नयाँ भाडामा सख्खर, दूध र गम्हरीको चामलको खीर पकाइन्छ।यो पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवतरुपमा समापन हुन्छ। छठ पर्वमा व्रत गरे दु:ख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास छ।

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.