डोल्पामा जीप दुर्घटनाबारे सार्वजनिक सुनुवाइ

डोल्पामा जीप दुर्घटनाबारे सार्वजनिक सुनुवाइ

डोल्पा : डोल्पामा गत कार्तिक १९ गते भएको जीप दुर्घटनाबारे जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक सुनुवाइ गरिएको छ । घटना कसरी भयो ? त्यसमा बढी जिम्मेवार को ? भन्ने विषयमा सार्वजनिक सुनुवाइको क्रममा चासो उठेको थियो । सार्वजनिक सुनुवाइमा वक्ताको रुपमा कर्णाली प्रदेशका प्रहरी प्रमुख महेश विक्रम शाह र ट्राफिक प्रहरीका एसपी जनक पाण्डे पनि डोल्पा आएका थिए ।

उनीहरुले घटनाको अवस्था बुझदै परिवारलाई शान्त्वना समेत दिएका थिए । साथै घटनाको छानविन गर्ने आश्वाहन दिएका थिए । सुनुवाइको क्रममा बोल्दै प्रहरी नायव उपरीक्षक शाहले जीप दुर्घटनामा हराइरहेकी अमिना बुढा मगरको खोजी अझै प्रभावकारी बनाउन जिल्ला प्रशासनलाई अनुरोध गर्दै मातहतका प्रहरीलाई दिर्नेशन दिए ।

चालकको लापरवाही, तिव्र गति र यात्रु धेरै हालेको कारण १९ गते जीप दुर्घटना भएको ठहर डिआइजी शाहको थियो । साथै तत्काल घटनाको अवस्था बारे छानविन पनि हुने र बेपत्ता अमिनाको शव भेटिनेमा धैर्य गर्न पीडिलाई आग्रह गरेका छन् ।

साथै निकट भविष्यमा डोल्पा राष्ट्रिय राजमार्गमा जोडिने भएकोले जाजारकोट डोल्पा सडकमा पनि विशेष सुरक्षा अपनाइने उनको भनाइ थियो । यस्तै टाइमाकार्ड, गति नियन्त्रण र रात्रि सेवा बन्द गर्ने र अन्य सम्भव भएका सबै सुरक्षा प्रयोग गरेर सवारी सुरक्षा व्यवस्थित बनाउने शाहको प्रतिवद्धता थियो ।

गत कार्तिक १९ गते दुनैबाट १२ यात्रु र १ चालक सहित १३ जना सवार भे १ च १६१० नम्बरको जीप कालागौडको बतासे डाँडा नजिकै भेरीमा खस्दा १० जनाको घटनास्थलमै ज्यान गएको थियो । दुर्घटनामा बेपत्ता रहेकी एक यात्रु अमिनाको शव भने आठौँ दिन बितिसक्दा पनि फेला परेको छैन । यस क्रममा सार्वजनिक सुनुवाइमा सहभागीहरुले बेपत्ताको अवस्था चाँडै खोज्न प्रशासनलाई दबाव पनि दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.