डीएनए परीक्षणका लागि मरेको चितुवाको स्याम्पल काठमाडौ पठाइयो

डीएनए परीक्षणका लागि मरेको चितुवाको स्याम्पल काठमाडौ पठाइयो

सन्धिखर्क : अर्घाखाँचीको ढिकुरा पियाले खोलामा थापेको पासोमा परेर नरभक्षी चितुवा मरेको छ।चितुवा मरेपछि गाउँले दंग भएका छन्। मरेको चितुवा नरभक्षी हो हैन भनेर पत्ता लगाउन डीएनए परीक्षणका लागि स्याम्पल काठमाडौं पठाइएको छ। नरभक्षी चिुतुवा हो हैन भनेर पत्ता लगाउन पासोमा परी मरेको चितुवाको ब्लड, र्‍याल,जंगलमा बच्चा भेटिएको स्थानका विभिन्न स्याम्पल चेकजाँचका लागि काठमाडौं पठाइएको सहायक वन अधिकृत शिला पोख्रेलले जानकारी दिइन्।

नरभक्षी चितुवाको आक्रमणले आतंकित बनेका अर्घाखाँचीका स्थानीय चितुवा मरेपछि खुसी भएका छन्। चितुवा पासोमा परेपछि ढिकुरा, नुवाकोट, सन्धिखर्क, खाँचीकोटलगायतका स्थानीय खुसी भएका छन्।तर नरभक्षी चितुवा हो हैन भनेर पत्ता लगाउन डीएनए परीक्षणका लागि पठाइएको हो। 

नरभक्षी चितुवाले पछिल्लो पाँच वर्षमा अर्घाखाँचीमा दुईदर्जन बालबालिका आक्रमण गरेको छ। जस्का कारण १४ जनाको ज्यान गएको र  १० जना घाइते उपचार पछि निको भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए।    

चितुवा आतंक बढ्दै गएपछि सन्धिखर्क, किमडाडा, अर्घा, खाचिकोट, ढिकुरा, नुवाकोटलगायतका स्थानीय त्रसित भएका छन् ।चितुवाको डरले गाउँ छाडन बाध्य भएको र चेलीबेटी तथा आफन्त बालबच्चा लिएर ढिकुरा, कुर, किमडाडा, नुवाकोट लगायतका स्थानमा आउन छाडेका थिए। 

गत शनिबार साँझ नरभक्षी चितुवाको आक्रमणबाट ढिकुराको पियालेमा ४ वर्षीय बालकको ज्यान गएपछि नरभक्षी चितुवा मार्न प्रहरी परिचालन गरिएको थियो। स्थानीयले चितुवा पासोमा पार्न बाघ खोर (पासो) थापेका थिए। त्यही पासोमा चितुवा परेको हो। 

पासोमा परेको चितुवा उद्धारको क्रममा मरेको छ। उद्धारको क्रममा मरेको पोथी चितुवा अन्दाजी ३५ केजी , लम्बाई एक सय २४ सेन्टी मिटर, उचाई ६० सेन्टी मिटर र कम्मरको गोलाई ५४ सेन्टी मिटर रहेको जिल्ला वन कार्यलयकी सहायक वन अधिकृत शीला पोख्रेलले बताइन्। 

चितुवा नभेटिएपछि तीन ठाउँमा फलामे खोर बनाएर राखिएको थियो। जिल्लाका विभिन्न स्थानमा चितुवा आतङ्कले जिल्लावासी त्रसित भएपछि चितुवा मार्न शसस्त्र प्रहरी र नेपाल प्रहरी र वनका सुरक्षाकर्मीसहित ४५ जना सुरक्षाकर्मी पनि परिचालन गरिएको थियो।  

पटक पटक चितुवाको आक्रमणबाट अबोध बालबालिकाको ज्यान जाँदा समेत चितुवा मार्न प्रशासन लागि नपरेको गुनासो जिल्लाबासीको छ।'बालबालिका त्रासमा छन्।उनीहरुले स्कुल जान पनि डराइरहेका छन्। स्थानीय जगंल क्षेत्रमा घास दाउरा गर्न र गाइवाख्रा चराउन लैजान पनि डराइरहेको ढिकुराका खिमप्रसाद मरासिनीले बताए। 

चितुवाको आतंक बढ्दै गएपछि सन्धिखर्क, किमडाडा, अर्घा, खाचिकोट, ढिकुरा, नुवाकोटलगायतका स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा चार वर्षदेखि बारम्बार जिउधनको रक्षाका लागि आग्रह गरिरहेका छन्। उनीहरुले आफूहरुले शान्तिसँग बाँच्न पाउने अधिकार सुरक्षित गर्न माग गरिरहेका छन्। 

चितुवाबाट सुरक्षाको प्रत्याभूति दिलाउन असफल भएको आरोप खेपिरहेको प्रहरी प्रशासनले चितुवा मार्नका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरीको गरी ४५ जनाको विशेष टोली परिचालन गरिएको थियो।पटकपटक बालबालिका चितुवाको आक्रमणमा परेपछि स्थानीयवासीले जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका छन्। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.