चिनियाँ राजदूत यू फर्कंदै, एसिया हेर्ने होउ हुँदैछिन् नयाँ राजदूत

चिनियाँ राजदूत यू फर्कंदै, एसिया हेर्ने होउ हुँदैछिन् नयाँ राजदूत

काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत यू होङले आफ्नो कार्यकालमा द्विदेशिय सहकार्यमा इँटा थपेको बताएकी छन्। कार्यकाल सकेर स्वेदेश फर्किने तयारीमा रहेकी उनले छिमेकको विकासका लागि काम गर्न चीन सदैव तयार रहेको बताइन्।

नेपाल चीन फ्रेन्डसिप फोरमले ‘चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ्समा दक्षिण एसिया र नेपाल : व्यापार लगानी र सञ्जालको आयाम’ शीर्षकको दुईदिने कार्यशाला उद्घाटन सत्रमा उनले आफ्नो कार्यकालमा भएका महत्वपूर्ण कामलाई निरन्तरता दिइने बताइन्।

चीनले विदेश मन्त्रालयका उपमहानिर्देशक होउ याङ्छीलाई नयाँ राजदूतका रुपमा पठाउन लागेको छ। उनको नाम सहमतिका लागि परराष्ट्र मन्त्रालयमा आइसकेको छ।

होउ चीनको विदेश मन्त्रालय अन्तर्गतको एसिया हेर्ने विभागकी प्रमुख पनि हुन्। महानिर्देशकको नेतृत्वमा रहने एसियाली मामिला विभागमा होउसहित चारजना उपमहानिर्देशक छन्।

छिमेकको विकासमा चीनको भूमिका छ : विज्ञ

उत्तरी छिमेकी चीन विश्व शक्ति हुन आफूसँगै छिमेकलाई पनि साथ लिएर अघि बढ्नु पर्ने धारणा विज्ञहरूले सुझाएका छन्। अर्थमन्त्री डा.युवराज खतिवडाले नेपालको विकासमा चीनको योगदान रहेकाले त्यसलाई अझ सबल र सहकार्य गर्नुपर्ने बताए। नेपाललाई उद्योग व्यापारमा चीनले आफूसँगै लैजानु पर्ने उनले बताए।

कार्यशाला उद्घाटन सत्रमा उनले बीआरआई सफल पार्न चीनले छिमेकलाई सँगै लैजानु पर्ने बताएका हुन्। कनेक्टिभिटी नहुँदा कुनै पनि काम अघि नबढ्ने भन्दै उनले कनेक्टिभिटी र लगानीमा जोड दिए।

नेपालका लागि चिनियाँ राजदूत यू होङले पनि नेपालमा वर्तमान सरकारले धेरै काम गर्न सक्ने भन्दै भइरहेको कामको प्रशंसा गरिन्। ‘चीन छिमेकको साथमा छ र छिमेकको विकासका लागि चीनले काम गर्नेछ’, उनले भनिन्, ‘राष्ट्रपति सी चिनफिङको यो कामले यो क्षेत्र जोड्ने मात्र होइन यहाँको विकास पनि अघि बढाउनेछ।’ उनले चीन र दक्षिण एसियाको एउटा द्वार नेपाल हुनसक्ने बताइन्।

अमेरिकाकाका लागि पूर्वराजदूत डा.शंकर शर्माले पनि विकासका लागि छिमेकी सन्तुलनका साथै बाहिरी विश्वसँगको सम्बन्धमा उदार हुनुपर्ने बताए। उनले लगानी नआउन्जेल विकास नहुने भएकाले लगानी भित्रिने वातावरण बनाउन सरकारसँग आग्रह गरे।

फोरमका अध्यक्ष डा. कल्याणराज शर्माले नेपाल–चीन सम्बन्धमा पर्यटनको विकास, आर्थिक लगानी तथा अन्य सहकार्यहरु बढिरहेकाले यस तर्फ बहस आवश्यक देखिएको बताए। कार्यशाला सोमबार सकिनेछ। आइतबारको सेसनको सहजीकरण अन्नपूर्ण एक्सप्रेसका सम्पादक विश्वास बरालले गरेका थिए। सेसनमा चिनियाँ प्राध्यापक यू हैलिन, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, साउतीका अध्यक्ष पोषराज पाण्डे, भारतीय प्राडा. प्रविर डे र बंगलादेशका प्राध्यापक इफ्ती पनि थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.