अब विराटनगरबाटै माउन्टेन फ्लाइट

अब विराटनगरबाटै माउन्टेन फ्लाइट

विराटनगर :  प्रदेश १ को राजधानी विराटनगरबाट मंसिर पहिलो सातादेखि माउन्टेन फ्लाइट हुने भएको छ । पर्यटन र होटल व्यवसायीले ‘विराट होलिडेज’ मार्फत्  माउन्टेन फ्लाइट गराउने  तयारी थालेका हुन् । काठमाडौंभन्दा सस्तो दरमा माउन्टेन फ्लाइट गराउन सकिने सम्भाव्यता देखेपछि उनीहरुले तयारी थालिएको बताएका छन् । 

विराटनगरमा २०७३ फागुन ११ देखि १७ सम्म भएको विराट एक्स्पोका बेला एउटा माउन्टेन फ्लाइट गराइएको थियो । विराटनगर विमानस्थलबाट गरिएको माउन्टेन फ्लाइट सफल भएपछि अब व्यवसायिकरुपमा यसलाई निरन्तरता दिइने भएको हो । 

विराटनगरका अगुवा पर्यटन व्यवसायी एवम् उद्योग वाणिज्य संघ महासंघ प्रदेश १ का पर्यटन तथा हवाई यातायात समिति संयोजक भविषकुमार श्रेष्ठको नेतृत्वमा ‘विराट होलिडेज’ बनाइएको हो । 

त्यसमा अन्य होटल व्यवसायी, पर्यटन व्यवसायी र ट्राभल एसोसिएसन सम्वद्ध पदाधिकारी सदस्य छन् । 'हप्तामा एक पटक माउन्टेन फ्लाइट गराउने तयारी गरिरहेका छौँ,’श्रेष्ठले भने, ‘सरकारलाई आग्रह गर्दा नसुनेपछि मंसिर पहिलो सातादेखि नियमित फ्लाइट गराउँछौँ ।' 

व्यवसायीले लहान, विराटनगर, इटहरी, दमक, बिर्तामोड लगायतका आन्तरिक प्रमुख बजार र सीमावर्ती भारतीय बजारलाई लक्षित गरी माउन्टेन फ्लाइटको तयारी गरेका हुन् । 

सम्वद्ध एयरलाइन्सलेसमेत सकारात्मक रुपमा लिएकाले आफूहरु उत्साहित भएको व्यवसायी श्रेष्ठले बताए । माउन्टेन फ्लाइटसँगै धनकुटाको भेडेटार–हिले हुँदै वसन्तपुरसम्मको प्याकेज बनाएर भारतीय बजारमा मार्केटिङ गरिने उनले बताए ।  

माउन्टेन फ्लाइटमा प्रदेश १ का आठ हजार मिटरमाथिका हिमश्रृंखला अवलोकन गर्न सकिनेछ । व्यवसायी श्रेष्ठसँगै विराटनगरका होटल तथा पर्यटन व्यवसायीले विराटनगर विमानस्थललाई आधार बनाएर माउन्टेन फ्लाइट गर्न सकिने सम्भावना देखेका छन् । 

फ्लाइटका लागि विराटनगर आधार क्षेत्र रहेका ट्राभल एजेन्सीहरुले टिकट विक्री गर्नेछन् । अहिलेसम्मको छलफलमा काठमाडौंभन्दा सस्तोमा फ्लाइट गराउन सकिनेमा सबै सकारात्मक भएको विराटनगर ट्राभल एसोसिएसनका अध्यक्ष फडिन्द्र अधिकारीले बताए ।

उनले माउन्टेन फ्लाइटको बजार बढ्दै गए सातामा तीनसम्म उडान गराउन सकिने जानकारी दिए । विराटनगरबाट फ्लाइटमा जानेले विहानी घामको झुल्कोसँगै खुल्ने हिमश्रृंखला करिब एक घण्टा अवलोकन गर्न सक्ने उनले जानकारी दिए । माउन्टेन फ्लाइटका लागि यति एयरलाइन्सको जहाडको झ्यालतर्फका १९ सिट प्रयोगमा आउने छन् ।

नागरिक उड्ययन कार्यालय विराटनगरका प्रमुख टेकनाथ सिटौलाले माउन्टेन फ्लाइटका लागि विमानस्थलमा कुनै समस्या नभएको जानकारी दिए । तर रुट र उडानको समय तालिकाको अनुमति लिनुपर्ने उनले बताए । ‘बाँकी कुरामा अवरोध छैन’, सिटौलाले भने, ‘रुट बनाउनु पर्यो, माथिल्लो निकायबाट पनि अनुमति लिनुपर्यो ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.