कालोपत्रे सडकले फेरियो गाउँ

कालोपत्रे सडकले फेरियो गाउँ

महोत्तरी : घर अगाडि भर्खरै निर्माण भएको कालोपत्रे सडक देखेर गौशाला रजखोरका ६५ वर्षीय अमृतलाल स्याङ्वा दंग छन्। उनले धेरै वर्षदेखि खाल्टाखुल्टी सडक कालोपत्रे भएको देख्ने सपना पालेका थिए।

त्यो बुढेसकालमा पुरा भयो। माइस्थान—गौशाला—सम्सी सडक कालोपत्रे हुन्छ। गाडी सरर कुद्छ। वर्षात्मा हिलाम्ये र हिउँदमा धुलाम्ये हुने सडक कालोपत्रे बन्छ भनेर उनले २० वर्षदेखि सुन्दै आएका थिए। ‘सडक बनाउन ठेक्का लाग्थ्यो तर ठेकेदार कामै नगरी भाग्थ्यो’, उनले कालोपत्रे बाटो देखाउँदै भने, ‘यसपाली ठेकेदारले द्रूतगतिमा काम गरे। सडक बनेपछि धुलो उड्न बन्द भयो। घरमा खान र बस्न सजिलो भयो।’ पूर्व—पश्चिम महेन्द्र राजमार्गलाई भारतीय सीमासँग जोडन यो सडक खण्ड निर्माण भएको हो। लामा डाँफे गोल्डेन गुड जेभी काठमाडौंले ५७ करोडमा ठेक्का लिएको छ। ८० प्रतिशत सडकको काम सकिएको छ।

सडक बनेसँगै गाउँको मुहार फेरिएको बताउँछन् अमृतका छिमेकी बेचु महतो। उनी भन्छन्, ‘वर्षमा सडक हिलाम्ये भएर बस चल्नै सक्दैनथे। सडकमा गाडी फस्थ्यो।’ कयौंपटक सडक जीर्ण भएर गाडी पल्टिएको विगतको अनुभव स्थानीयसँग छ। सडक जीर्ण हुँदा सबैभन्दा बढी सास्ती किसानले भोग्थे। नजिकैको एभरेष्ट चिनी मिलमा ट्रयाक्टर र टायर गाडामा उखु ढुवानी गर्न दुःख भोग्थे।

‘सडकमै उखु लोड गरेको सवारी साधन पल्टिएर किसानलाई समस्या हुन्थ्यो।’ सडक बनेसँगै किसान पनि ढुक्क भएको किसान शुक्रबहादुर लामाले जनाए। माइस्थान–गौशाला–सम्सी २६.९४ किलोमिटर सडकमा अहिले कालोपत्रेको काम धमाधम छ। १४ किलोमिटरमा कालोपत्रे सकिएको छ। एक महिनामा सबै काम सकिने निर्माण पक्षको दाबी छ।

हाइवेसँग भारतीय सीमानासँगै सम्पर्क जोडेको निर्माणाधीन सडकले रामनगर, रजखोर, गौशाला, निगौल, बैरियालगायत दर्जनौं गाउँमा सडक सुविधा पुगेको छ। जीर्ण सडकले गर्दा गौशालाबाट बर्दिबास आउन एक घण्टा लाग्थ्यो। सडक बनेसँगै समय बचत भएको छ। १५ मिनेटमै सो दूरी पार सकिने गौशालाका शिवनारायण महासेटले जनाए।

गाउँमै यातायात सुविधा पगेपछि उत्पादन बजार पुर्‍याउन सहज भएको उनको भनाइ छ। सडक दुई वर्षमा सम्पन्न गर्नुपर्ने भए पनि ६ महिनाअघि नै हस्तान्तरण गर्नेगरी काम भइरहेको ठेकेदार कम्पनीका प्रोजेक्ट डाइरेक्टर अर्जुन शिवाकोटीले बताए। भारत सरकारको सहयोगमा निर्माण भइरहेको यो हुलाकी सडक हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.