नेपालगन्जमा यसरी मनाइयो मोहम्मद जयन्ती (फोटो)
नेपालगन्ज : नेपालगन्जमा मुस्लिम धर्मालम्बीले विभिन्न कार्यक्रम गरी मोहम्मद जयन्ती मनाएका छन्। इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्ललाहो अलैहेव सल्लमको १४४० औं जन्म जयन्ती धुमधामका साथ मनाइएको हो।
मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बी अब्बल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ। उनको मृत्यु ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो। मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ।
नेपालगन्जमा रहेका मुस्लिमहरुले हजरत मोहम्मदको जन्म दिनको अवसरमा बुधबार नगरमा बृहत र्याली निकालिएको थियो।