परराष्ट्रमन्त्री ज्ञवाली विदेश घुमेको घुम्यै

परराष्ट्रमन्त्री ज्ञवाली विदेश घुमेको घुम्यै

काठमाडौं  : प्रधानमन्त्री केपी ओलीले सिंहदरबारमा कार्यसम्पादनबारे मन्त्रीहरूलाई र्‍याखर्‍याख्ती पारिरहँदा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने जापान डुलिरहेका थिए । पाँच दिनका लागि गएका उनी टोकियो, ओसाकालगायत केही सहर घुमे ।

शुक्रबार काठमाडौं आइपुग्ने उनी सम्भवतः चाँडै अर्को देश जानेछन् । किनकि उनी प्रायः घुमेको घुम्यै गर्छन् । मन्त्रालय सम्हालेको ८ महिनामा ६४ दिन त विदेशमै बिताइसके । जापान उनको १३औं भ्रमण हो ।

विदेशमा सरकारका सदस्य भ्रमणमा निस्कँदा जरुरीलाई ख्याल राख्छन् । पाकिस्तानका प्रधानमन्त्री इम्रान खान बुधबार मलेसिया गए, बिहीबार फर्के । आवश्यक ‘डिल’ एकै दिनमा सके । मलेसियाका मानव संशाधनमन्त्री एम कुला संगेरा तीन साताअघि काठमाडौं ओर्लिए । भोलिपल्टै क्वालालम्पुर पुगे ।

नेपालमा गरेको सम्झौता र त्यसले सम्बन्धमा बढाएको प्रभाव क्वालालम्पुर पुगेर सुनाए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हुन् वा अन्य मुलुकका विशिष्ट पाहुना नेपाल आउँदा समयमा मितव्ययी बन्छन् । तर हामी त्यसबाट सिक्ने होइन, फुर्सद मिलेको झैं सहर घुमेरै बिताउँछौं ।

‘तपार्इंका मन्त्रीहरूले कतिबेला काम गर्छन्, खै ? हुन्न केही भन्दैनन्, गर्ने केही होइन । केही भन्न गयो, भ्रमणको कुरा गर्छन्’, काठमाडौंस्थित एक विदेशी नियोगका अधिकारीले भने । उपेन्द्र यादव पनि परराष्ट्रमन्त्री हुँदा खुब घुमे । उनलाई डा. प्रकाशशरण महतले पछ्याए । परराष्ट्र अधिकारी भन्छन्, ‘हामीलाई पनि घुम्न मन लागेको हुन्छ । मन्त्रीलाई नै पठाइदिएपछि बाटो खुल्छ ।’

मन्त्रीका अगाडि कर्मचारीले मक्ख हुने गरी कुरा राख्ने चलन नौलो होइन । तर त्यसमै अल्मलिनु अनौठो हो । ‘परराष्ट्रमन्त्रीको आठ महिना अवधिमा उहाँ दुई महिना विदेश र प्लेनमा रहनुभयो’, कर्मचारीले टिप्पणी गरे ।

दुई महिना चार दिन विदेशमा रहे पनि नगई नहुने भन्ने जस्तो भ्रमण खासै छैन । परराष्ट्रमन्त्री विदेश जानुका निश्चित उद्देश्य हुनुपर्छ । तर अहिले भइरहेको भ्रमणबाट त्यस्तो केही देखिएको छैन ।

भारत र चीनबीचको सन्तुलन, पश्चिमा शक्तिको चासोको मत्थरलगायत दुईपक्षीय÷बहुपक्षीय सहकार्यका काम अघि बढाउनुपर्नेमा बाहिर मात्र दौडिने काम सुहाउँदो नभएको प्रधानमन्त्री कार्यालयका सल्लाहकारले सुनाए ।

चैत २ मा परराष्ट्रमन्त्री भएपछि उनले विदेश यात्रा अजरबैजानबाट थालेका हुन् । उनी असंलग्न राष्ट्रहरूको संगठन (नाम)को मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन अजरबैजान पुगे । त्यसलगत्तै उनी प्रधानमन्त्रीको भारत भ्रमणमा सहभागी हुन उतैबाट दिल्ली आए । दिल्लीबाट फर्केलगत्तै उनी प्रधानमन्त्रीको चीन भ्रमणको तयारी भन्दै बेइजिङ हान्निए ।

चीनपछि ज्ञवाली अल्पविकसित र भूपरिवेष्ठित मुलुकको थिंक ट्यांक सम्मेलनमा सहभागी हुन मंगोलिया गए । त्यहाँबाट फर्केको एक साता नहुँदै उनी प्रधानमन्त्रीसँग चीन भ्रमणमा निस्किए । बिम्स्टेक तयारीलाई बेवास्ता गर्दै ९ दिनका लागि युरोप (पोर्चुगल, लग्जेम्बर्ग र बेल्जियम) गए ।

बिम्स्टेक सम्मेलन सकेको केही समयमा उनी पुनः युरोप गए । पहिला गएको स्थानमा पुनः दोहोर्‍याएरसमेत पुगे । भियना र बेल्जियमबाट फर्केलगत्तै उनी प्रधानमन्त्रीसँग १३ दिन अमेरिकामा रहे । राष्ट्रपति विद्यादेवी भण्डारीसँग कतार गए । ज्ञवाली मन्त्री बनेपछि परराष्ट्र कर्मचारीको विदेश भ्रमण पनि बढेको छ । लामो राजनीतिक अनुभव भएका ज्ञवालीको भ्रमण मोह देखेर अन्य समकक्षी नै आश्चर्यमा छन् । चाडपर्व परेको महिना र मोदीको नेपाल भ्रमण भएको मे महिनाबाहेक सबै महिना विदेशमा छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.