नेपाल–चीन सीमा : उता जथाभावी तटबन्धले यताको जमिन जोखिम

नेपाल–चीन सीमा : उता जथाभावी तटबन्धले यताको जमिन जोखिम

सङ्खुवासभा : अरुण नदीको किनारमा चीन तर्फबाट तटबन्द बनाएर सडक विस्तार गरिदिएपछि नदीको मोड परिवर्तन भइ नेपाली भूमिमा कटानको खतरा बढेको छ ।

दुई देशको सीमा भोटखोला गाउँपालिका–१, किमाथाङ्का क्षेत्रमा अरुण नदीले भूमि कटान गरेपछि सीमावर्ती गाउँ किमाथाङ्काबासीले भूमि बचाउन लगाएको सामान्य क्याभिङ जालीको तटबन्द कमजोर बन्दै गएको छ ।

चीनले भने सीमा क्षेत्रको अरुण किनारमा तटबन्द बनाइ रिउदेखि चाँगा बजारसम्म सडक विस्तार गरेको छ । चिनियाँ सरकारले सडक नदी किनारबाटै पक्की तटबन्द लगाइदिँदा नदीले मोड परिवर्तन गरी नेपाली भूमिमा क्षति पुगेको हो । नेपाली भूमिमा नदी छिरेपछि करिब डेढ रोपनीभन्दा बढी जग्गा कटान हुँदा पटकपटक तत्कालिन किमाथाङ्का गाउँ विकास समितिको र त्यसपछि भोटखोला गाउँपालिकाले करिव एक करोड रुपैयाँ भन्दा बढी रोकथामका लागि खर्च गरिसकेको छ ।

चीनबाट सिमेन्ट र तारजाली खरिद गरी तटबन्दमा प्रयोग गरिएको र त्यसले केही मात्रामा खोला नियन्त्रण भए पनि त्यसले दिगाे समाधान नदिएकाे स्थानीय निमा नावा बताउँछन् ।

माथिल्लो सीमा कायम भएको कामु खोलालाई समेत चीनले पक्की तटबन्द लगाएको छ । वर्खाको समयमा नदीको बहाव उच्च हुँदा नेपाली भूमि अझै कटान हुने सम्भावना बढेको बताइन्छ । चीनले अरुण किनारलाई च्याप्दै सडक विस्तार समेत गरिरहँदा त्यसले नेपाली जमिन जाेखिममा परेकाे हाे ।

यदी नदीलाई पुरानै बहावमा फर्काउन पक्की तटबन्ध नलागउने हो भने किमाथाङ्काको सयौं रोपनी भूमि खोलामा परिणात हुने सो क्षेत्रका बासिन्दाको गुनासाे छ ।नाका क्षेत्रको चाँगा, देन्दाङबजार बिस्तार गर्न चीनले दुई वर्षदेखि निर्माण तीव्र बनाउँदै नदीमा स्काभेटर लगाएर बालुवा झिक्ने र नदीमा स्पर्श राखेर नदीलाई नेपालको फेमीथाङ्कातर्पm मोडेको स्पष्ट देखिन्छ ।

भोटभोला गाउँपालिका–१ का वडाध्यक्ष तेन्छेवी शेर्पाका अनुसार अरुण नदीमा तटबन्ध निर्माण गर्न करिब २५ करोड रुपैयाँ भन्दा बढी बजेटको अवश्यकता पर्छ । जसले नेपाली भूमि कटान जोगाउँछ ।

नेपालले करिब एक हजार मिटर तटबन्ध लगाउन जरुरी रहेको बताउँछन् प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतम । केहीअघि प्रदेशसभा सदस्य सांसद् पुर्णप्रसाद राई, सरिता थापा खड्का, पदमकुमारी गुरुङ, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख लगायतको २७ सदस्यीय टोलीले यस क्षेत्रको अवलोकनपछि पनि नेपाली भूमि जोगाउन पहल गर्नुपर्ने आवस्यकता औंल्याइएको थियो ।

खासगरी भुकम्पपछि सीमा जोडिएको चीनतर्फको चाँगा र देन्दाङ बजारमा नदीको ढुंगा, बालुवा जथाभावी संकलन गरिएपछि नेपाली भूमि कटान समस्या निम्तिन थालेको नेपालतर्फका स्थानीय बताउँछन् ।

चीनसँगको नाकामध्ये सबैभन्दा होचो भू–भागमा रहेको र कम हिमपात हुने भएकाले किमाथाङ्का नाका भौगोलिक हिसाबले उत्तम मानिन्छ । किमाथाङ्का नाका सदरमुकाम खाँदबारीबाट १ सय ६२ किलोमिटर दूरीमा पर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.