बेसी झर्दै व्यासी सौका

बेसी झर्दै व्यासी सौका

दार्चुला : दार्चुलाको व्यास गाउँपालिका १ तिकंर र छांगरु आसपासका व्यासी सौका गाउँमा अत्यधिक चिसो बढेसँगै सदरमुकाम खलंगा आउन थालेका छन्। गाउँपालिका समुद्री सतहबाट झन्डै २४ सय मिटरको उचाइमा छ।

उक्त समुदाय ६÷६ महिना लेकबेंसी गर्छन्। नेपालको दार्चुलामा मात्रै रहेका यी जाति बेंसी झर्नुलाई ‘कुञ्चा’ सर्ने भन्छन्। वैशाखमा तिंकर उक्लिएका उनीहरू परिवार र पशुचौपायासहित बेंसी झर्छन्। तिंकरका ६५ घरमध्ये आधाभन्दा बढी सात दिनको बाटो हिँडेर खलंगा पुगेका छन्। भारतको बाटो हुँदै खलंगा पुग्ने उनीहरू विदेशीको भूमि प्रयोग गर्नुपर्दा निकै कष्ट हुने बताउँछन्। ‘दार्चुला–तिंकर सडक नै बन्दैन। 

भारत हुँदै आउनुपर्छ। ठाउँठाउँमा सुरक्षाकर्मीले पनि दुव्र्यवहार गर्छन्’, शोभा तिङ्करीले भनिन्। ५० वर्षीया पुष्पा बुढाथोकीले पनि यसपटकको कुञ्चा सराइ निकै कष्टकर भएको बताइन्। अधिकांश व्यासीको घर खलंगामा पनि छ। खेतीपाती र व्यापारका लागि व्यास गए पनि हिउँदमा बस्नै नसकिने उनीहरू बताउँछन्।

व्यासको छांगरु र तिंकरमा हिमपात हुन सुरु भइसकेको छ। उनीहरू वैशाख खेतीपाती भित्र्याउन व्यास उक्लन्छन्। व्यापारलाई मुख्य पेसा बनाएका उनीहरू छांगरु र तिंकरमा मात्रै एक हजारभन्दा बढी छन्। ‘गत वर्ष गाउँपालिकाले बाटो मर्मतका लागि भन्दै २५ लाखको टेन्डर खोलेको थियो’, व्यास गाउँपालिका २ का वडाध्यक्ष धीरनरसिंह बुढाथोकीले भने, ‘निर्माणको जिम्मा लिएको कम्पनीले राम्रो काम नगरेकाले नौ लाख मात्र दियौं।’ यस वर्ष पनि गत वर्षकै बजेटबाट बाटो बनाउने काम भइरहेको बुढाथोकीले बताए। स्थानीय सरकारले तिंकरसम्मै घोडेटो निर्माणमा पहल गरिराखेको उनले बताए।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.