जागिर छाडेर गाईपालन, दैनिक लाखौं आम्दानी

जागिर छाडेर गाईपालन, दैनिक लाखौं आम्दानी

जनकपुरधाम : जागिर छाडेर सिरहा मिर्चैया नगरपालिक-१० का ३३ वर्षीय अजित कर्ण गाई पालन सुरु गरेका छन्। तर देशलाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले उनी जागिर छाडेर गाईपालन सुरु गरेका हुन्।कर्णले सर्च फर कमन ग्राउण्डमा करिब तीन वर्ष जागिर गरे। पछि उनले गाई पाल्ने योजना बनाएपछि जागिर छोडेका थिए।

जनकपुरधाम उपमहानगरपापिलका २३ स्थित बिन्हीमा ७ वर्ष अगाडी सुरु गरेको गाईपालन अहिले विस्तारको क्रममा छ। सुरुमा मात्र गाई फारममा दुई लाख लगानी गरे। करिब एक लाखमा घर बनाए। ७२ हजारमा नन्दनी नामको एउटा गाई खरिद गर्‍यो।

त्यसैले नाम पनि नन्दनी गाई फारम राखे। पछि लक्ष्मी नामको गाई खदिर गरे। दुबै गाई साँझ बिहान गरेर करिब ४५ लिटर दूध दिन्थ्यो। दूध चिया पसलमा बेच्न थाले। विस्तारै पुँजी बढ्दै गयो। अहिले उनको फारममा १३ गाई र १२ बाछी छन्। १० गाईले दूध दिन्छन्। साँझ बिहान गरेर करिब १ सय ३० लिटर दूध उत्पादन हुन्छ।

बजारमा प्रतिलिटर करिब ७० रुपैयाँमा कारोबार हुन्छ। तर उनको दूध भने प्रतिलिटर ९० रुपैयाँमा बिक्री हुन्छ। अजित भन्छन्, 'क्वालिटीका कारण दूध महँगोमा बेच्छौं। सुरुमा ५० रुपैयाँका दरले बेचे। अहिले बढेर ९० रुपैयाँ पुगेको छ। मिसावट नगरेकै कारण दूध बेच्न कहिल्यै समस्या भएन्।'

उनका अनुसार सुरुमा चिया पसलमा दूध दिँदा कहिले कम लिन्थ्यो तर कहिले बढी। कम लिएपछि दूध राख्न समस्या हुन्थयो। अहिले नेपाल सरकारले चिलिङ भ्याट प्रोभाइड गरेपछि समस्या छैन। अब त १० दिनसम्म पनि बिक्री नभए दूध बिग्रिदैन।

'बुवा भेटनरीमा काम गरेका कारण बच्चादेखि नै गाई फारम खोज्ने सोच बनाएको थिए, उनले भने, 'टिम पनि बनेपछि गाई पाल्न सुरु गरेँ। पाँच जनासँगै जागिर गर्थे। सबैले जागिर छाडे। धेरै गाई फारम पुगेर रिसर्च गरेँ। त्यसपछि फारम संचालनमा ल्याएका कारण अहिले समस्या छैन।'

गाईले दूध दिएपनि म्यानेज गर्न नसक्दा किसान फेल खाने गरेको उनको भनाई छ। उनले गाईको हेरचाह गर्न मात्रै दुई कामदार राखेको उनले सुनाए। भने, 'गोबर आफै सफा गर्छौं। तरपनि खुवाउन र सफासुघर गर्न मात्र दुई कामदार राखेका छौं।'

दुई लाख रुपैयाँबाट सुरु गरेको गाई फारमको पुँजी यतिबेला करिब डेढ करोड बढीको बनेको छ। करिब २० लाखभन्दा बढीको भौतिक संरचना नै निर्माण गरेको छ। १० महिना अगाडी नन्दनी नामको डेरी पनि संचालनमा ल्यायो। उनी भन्छन्, 'फारमबाट भएको आम्दानी एक रुपैयाँ पनि निकालेको छैन। भएको आम्दानीले फारम विस्तार गर्दै लगेका छौं। बल्ल डेरी पनि संचालन गर्न सफल भएका छौं।'

डेरीमा पेडा र राबडीलगायत करिब १० खालका गुणस्तरीय मिठाई उत्पादन गर्छ। सिजनमा दही पनि बनाउँछ। हाल दैनिक करिब ३ लाखको कारोबार हुने कर्णले बताए। दहीको सिजन सुरु भएपछि दैनिक ५ देखि ७ लाखको कारोबार हुने गरेको उनले बताए। पेडालाई ब्राण्ड बनाउने उनको योजना छ। अगामी दिनमा पेडा र रावडी विदेश निर्यात गर्ने योजना रहेको उनले सुनाए। भने, 'पेडा अहिले यो क्षेत्रमा प्रसिद्ध भइसक्यो।'

'असली पेडा चाही त विन्ही आ‌उ' भनेर जनकपुर बजार क्षेत्रमा उनले पेडाको व्यापाक प्रचारप्रसार पनि सुरु गरिसकेको छ। अहिले उमेर पुग्ने वित्तिकै मधेसका युवा नागरिकता बनाएर खाडी मुलुक उड्छ। तर ईच्छाशक्ति भए आफ्नै देशमा पनि राम्रो आम्दानी गर्न सकिने कुराको हेक्का राख्दैन।

तर पढेलेखेका युवा अजित थोरै लगानी करेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिएको छ। उनी भन्छन्, 'घरमै बसेर आफ्नै जग्गामा पनि सुन फलाउन सकिन्छ भन्ने कुरा मधेसका युवाहरुले बुझ्न जरुरी छ।'दूध उत्पादनमा मात्र देश आत्मनिर्भर भए वर्षेनी अरबौं रुपैयाँ अन्य मुलुक जानबाट जोगिन्छ, उनल थपे।  

गाईलाई खुवाउने दाना यहाँ धेरै महँगो पाउने गरेको र स्थानीय सरकार भएदेखि कर पनि दोहोरो तिर्नु परेको उनको पीडा छ। भन्छन्, 'भारतमा १२ सयमा पाउने दाना यहाँ १६ सयमा पाउँछन्।'

सरकारले दाना सस्तोमा उपलब्ध गराउने नीति लिन उनको सुझाव छ। 'विगतमा कर कार्यालय र घरेलुमा मात्र कर तिर्थे', उनले भने, 'अहिले स्थानीय तहमा पनि कर तिर्नुपर्छ। तर सुविधा पनि केही छैन।'

स्थानीय सरकार भएपछि अब अझ सहयोग हुने विश्वास रहेको तर उल्टै दोहोरो कर तिर्न बाध्य भएको उनले गुनासो पोखेका छन्।गाई पालन र डेरी संचालन गर्ने किसानलाई प्रोत्साहन गर्न सरकारले अनुदान दिने गरेको छ। तर अनुदान प्राप्त गर्न कर्मचारीलाई कमिशन खुवाउनु परेको उनको गुनासो छ। भन्छन्, 'सरकारले दिएको अनुदान हामी समक्ष आइपुग्दा आधा भइहाल्छ।'

२५ प्रतिशत त कर्मचारीलाई कमिशन नदिए फाइल नै अगाडी नबढ्ने गरेको उनको भनाई छ। दौड्दा दौड्दै र कागजात मिलाउन नै थप २५ प्रतिशत खर्च हुन्छ र मात्र ५० प्रतिशत रकम अन्त्यमा हात लाग्ने गरेको उनले सुनाए। किसानलाई प्रोत्साहन गर्न सरकारले नीति फेरिनुपर्ने उनको माग छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.