अनि केको छुवाछूत ?

अनि केको छुवाछूत ?

 बर्दिबास : महोत्तरीको बर्दिबासका २८ वर्षीय मनोज घिमिरे र २१ वर्षीय मुकेश डोम फरक–फरक समुदायका युवा हुन् । डोमले छोएको पानी हतपत पिउँदैन बाहुन समुदाय, छोएको खाँदैन । तर, मनोज र मुकेश सँगै काम गर्छन्, सँगै खान्छन् । यति मात्र होइन, उनीहरूबीच गज्जब ‘दोस्ती’ छ ।

उनीहरू बर्दिबास चोकको फोहोर सफा गर्छन् । उनीहरूको दैनिकी चोकमा सँगै बसेर चिया खाएपछि सुरु हुन्छ । उनीहरू अघिल्लो दिन बजारमा भएको फोहोर झाडुले बढारेर दिनचर्या सुरु गर्छन् । ‘एकछिन आउन ढिलो भए हामी एकअर्कालाई फोन गरेर सोधीखोजी गर्छौं’, मुकेशले भने ।

उनीहरूले डेढ वर्षदेखि मासिक १२÷१२ हजार तलब पाउँछन् । उनीहरूको काम र ज्याला उस्तै छ । ‘बाहुन र डोम दुवै जना मिलेर देशको सेवा गरिरहेका छौं’, मनोजले भने, ‘त्यसमा केको छुवाछूत हजुर ? ’

सरसफाइ गर्दै भेटिएका मनोजले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झिए । भने, ‘क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन । मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन ।’ खाना र खाजा पनि उनीहरू एकै ठाउँ बसेर खान्छन् । एउटै बोतलको पानी पिउँछन् । ‘छुवाछूत उहिले पो गरिन्थ्यो । अब त युग बदलियो’, मनोजले भने, ‘सबैको रगत रातो नै हुन्छ । अनि केको छुवाछूत ।’

मनोजले गत कात्तिक १५ गते घरमा पूजा लगाएका थिए । त्यसमा मुकेशलाई निमन्त्रणा गरेर भोज खुवाए । दुवै जनाले पूजापाठ, भोजभतेरमा एकअर्कालाई पाहुनाका रूपमा निमन्त्रणा गर्छन्।

दलित सञ्जाल प्रदेश २ का सहसचिव सन्त परियारले संघीय लोकतान्त्रिक गणतन्त्रमा दलितलाई पशुभन्दा तलको व्यवहार भइरहेको गुनासो गरे । विभेद कायम रहेको उनले सुनाए । ‘दलितले अधिकार त पाए तर कार्यान्वयन भएको छैन’, उनले भने ।

छुवाछूत तथा जातीय भेदभाव गर्नेलाई दण्ड, सजायको व्यवस्था छ । तर, छुवाछूत कायमै रहेको देउराली मावि बर्दिबासका प्राचार्य केदारबहादुर कोइरालाको भनाइ छ । तर, युवा पुस्ताले विभेदको पर्खाल भत्काइरहेको उनले सुनाए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.