सिँगटी ठडियो, जोखिम उस्तै

सिँगटी ठडियो, जोखिम उस्तै

दोलखा : भूकम्पबाट क्षतिग्रस्त दोलखाको सिँगटी बजारले तीन वर्षमै पहिलेकै स्वरूप पाएको छ। वैशाख २९ को भूकम्पले यहाँका पुराना घरटहरा क्षतविक्षत बनाएको थियो। कुनै घर सग्ला थिएनन्। अहिले बजार त ठडियो। तर जोखिम टरेको छैन। किनकि, यहाँ बजारमुनि खोला छ भने माथि खसिहाल्ला कि जस्तो ठूलो पहिरो।

भूकम्पमा यो बजारमा ११ जनाको ज्यान गएको थियो। वैशाख १२ गतेको भूकम्पको राहत लिन आएका आठ र घरले थिचेर तीन जनाको पहिराले पुरेर मृत्यु भएको थियो। अहिले करोडौं रुपैयाँ लागतमा घरहोटलको पुनर्निर्माण भएका छन्। बिगु गाउँपालिका–४ र कालिन्चोक– ३ मा पर्नेे सिँगटी बजार साविकका २१ गाविसको मुख्य व्यापारिक केन्द्र हो। दोलखाको दोस्रो सदरमुकामका रूपमा चिनिने सिँगटी माथिल्लो तामाकोसीदेखि चीन जाने बाटोमा पर्छ। भौगर्भिक दृष्टिकोणबाट नदीभन्दा १५ मिटर र पहिरोभन्दा २५ मिटर टाढा मात्रै घर निर्माण गरिनुपर्छ। तामाकोसी र सिँगटी खोलाको किनारा र भीरको फेदमै सिँगटी बजारले आफ्नो स्वरूप लिएको छ।

सुरुमा सिँगटी बजारलाई सरकारले जोखिमपूर्ण बस्तीको सूचीमा राखेको थियो। बस्न नहुने भएको उक्त बजार अन्यत्र सार्नुपर्ने थियो। तर स्थानीयको दबाबमा यहीँ पुनर्निर्माण गरियो। दोलखाको ठूलो व्यापारिक केन्द्र भएका कारण स्थानीयको दबाबले जोखिमपूर्ण अवस्थामै सिँगटी बजारको पुनर्निर्माण भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर सुमनकुमार प्रभाकर बताउँछन्। ‘प्रेसरमै भएको हो’, उनले भने, स्थानीयले सर्न नमानेपछि त्यहीँ पुनर्निर्माण गर्न सरकार सहमत भएको हो।’ मापदण्ड नहेरी मनपरी रूपमा सिँगटीको पुनर्निर्माण गरिएको उनको भनाइ छ। त्यसैले कतिपय भूकम्पपीडितले सरकारले दिने अनुदान पाएका छैनन्।

सिँगटीको बनावट नै जोखिमपूर्ण रहेको बिगु गाउँपालिका–४ का वडाध्यक्ष बुक्तम तामाङ बताउँछन्। ‘पहिरोको जोखिम छ। तर २१ गाविसको केन्द्र भएकाले यहाँ कोही छोड्न मान्दैनन्’, उनले भने, ‘यो दोलखाको दोस्रो सदरमुकामका रूपमा चर्चित छ। मिल्ने भए मानिसले यहाँको नदीमै घर बनाउँथे।’

व्यवसायीले करोडौं खर्चेर घर बनाइसकेका छन्। सर्वासाधारण एवं व्यवसायी, नेतालगायतले पाँचतलेसम्मका बनाएका छन्। कालिन्चोक–३ सिँगटीका डम्बरबहादुर शिवाकोटीले ७५ लाख रुपैयाँ खर्चेर घर बनाएका छन्। उनले मापदण्ड बन्नुअघि नै घर बनाएका हुन्। प्राधिकरणले सिँगटी बजारलाई पुनर्निर्माणको नमुनाका रूपमा राखेको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीदेखि दातासम्मले यो बजारको अवलोकन भ्रमण गरिरहेका छन्।

भवन डिभिजन कार्यालयले बस्न नमिल्ने भने पनि स्थानीयले थातथलो छाड्न नमानेकै कारण यहीँ पुनर्निर्माण गर्नुपरेको प्राधिकरणका दोलखा प्रमुख निर्मलदर्शन आचार्यले बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.