सेनाले गर्यो महोत्तरीको ५ विघा नम्बरी जग्गा कब्जा

सेनाले गर्यो महोत्तरीको ५ विघा नम्बरी जग्गा कब्जा

महोत्तरी : लालपूर्जा भएको ५ विघा निजी जग्गामा नेपाली सेनाका जवानहरुले पिलर गाडेको महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ९ पशुपतिनगरका स्थानीयहरुले आरोप लगाएका छन्। प्रदेश नं.—२ को नेपाली सेनाको पूर्वी पृतना मातहतको श्री नं. २ युद्धकवच गुल्म किसाननगरका जवानहरुले स्थानीय बासिन्दाको नम्बरी जग्गामा पिलर गाडेर कब्जा गरेको स्थानीयहरुले बताएका छन्।

पत्रकार सम्मेलन गरेर स्थानीयहरुले नेपाली सेनाले गाडेको पिलर तुरुन्तै उखेल्न माग गरेका पीडित स्थानीय घुरण महतोले जनाए। पिलर नउखेले आन्दोलन गर्ने चेतावनीसमेत उनले दिए।
स्थानीयको करीब ५ विघा नम्बरी जग्गामा  नेपाली सेनाको जवानले पिलर गाडेका पीडित किसान उपेन्द्र महतोले बताए। उनका अनुसार सितलीदेखि महतोको २ विघा, रामप्रस्ताप साहको १ विघा ५ कठ्ठा, रामसोगारथ महतोको १६ कठ्ठा, जोगेन्द्र महतोको ६ कठ्ठा, रेखादेवी यादवको २ कठ्ठा, नवल महतोको ४ कठ्ठामा सेनाले पिलर गाडेका छन्।

वर्षौदेखि जोतभोग गर्दै आएको करिब २ सय ८२ विघा जग्गााको लालपुर्जा स्थानीयले माग गर्दै आएका थिए। गत बर्ष स्थानीयहरुलाई ऐलानी जग्गाको लालपूर्जा दिनुको साटो नेपाल सरकारले प्रदेश नं.२ को पृतना स्थापनाको लागि नेपाली सेना प्रदान लालपूर्जा बनाएर दिएको थियो। एक नेपाली सेना जवानले भने,‘माथिल्लो निकायबाट जे निर्देशन आयो, हामीले त्यही गर्यौ ।’  

नम्बरी जग्गामा सेनाले पिलर गाडेको बारे बर्दिबास नगरपालिकाका मेयर विदुर कुमार कार्कीलाई जानकारी गराउँदा पनि केही सुनवाई नभएको पीडित रामसोगारथ महतोले दुःखेसो पोखेका छन्। ‘कसैको नम्बरी जग्गा प्रक्रिया पूरा नगरी घेर्न पाइँदैन’ मेयर कार्कीले भने,‘ऐलानी जग्गा घेर्न पनि सेनाले हामीसंग सहकार्य गर्नु पर्छ।’  खेलमैदान बनाउने विषयमा कुरा भएको थियो सेनासंग र आफूले त्यसको लागि सहयोग गर्ने बताएको मेयर कार्कीले जनाए।

‘ऐलानी जग्गामा नेपाली सेनाले खेलमैदान बनाउने कुरा थियो। अरु कुनै गलत उद्देश्य होइन,’मेयर कार्कीले भने। नम्बरी जग्गामा पिलर गाडिएको विषयमा प्रदेश नम्बर—२ का पूर्व पृतना प्रमुख ईश्वर हमालले ऐलानी जग्गामा युवाहरुको लागि खेलमैदान बनाउन पिलर गाडेका बताए। 

‘एक महिना अघिदेखि नै स्थानीयहरुलाई जग्गाको लालपुर्जा लिएर ब्यारेकमा आउन भनेका छौँ,’ प्रमुख हमालले भने,‘तर, कोही आएनन्। त्यसपछि हामीले पिलर गाडेर स्थानीयकै लागि हाम्रो सहयोगमा खेलमैदान बनाउने काम थलेका छौं।’ सेनाले पिलर गाड्दा स्थानीयले नम्बरी जग्गा भएको दावी गरेपछी काम रोकेका उनले बताए। ‘ लालपुर्जा लिएर आउनुस्। हामी पिलर गाड्छौैं,’ उनले भने,‘ मेयरसंग सल्लाह गरेर खेलमैदान बनाउन लागेको हौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.