सशस्त्रका डीएसपी भण्डारीविरुद्ध मुद्दा

सशस्त्रका डीएसपी भण्डारीविरुद्ध मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र सशस्त्र प्रहरी बल, नेपाल अरूण गुल्म चैनपुर संखुवासभाका सशस्त्र प्रहरी नायव उपरीक्षक रामप्रसाद भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

इजाजत नलिएर सरकारी सवारी साधनको प्रयोग गरी अन्दाजी एक क्यु.फिट बराबरको १८४ थान सालको चिरान काठ संखुवासभा जिल्लाको चैनपुरबाट धरान र इटहरीतर्फ ओसारपसार गरेको अभियोगमा डीएसपीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता दामेश्वर दंगालले जानकारी दिए।

गुल्म परिसर भित्र भौतिक संरचना निर्माण गर्नका लागि ५० क्यु.फिट सखुवा काठ उपलब्ध गराउने भनी डीएसपी भण्डारीले गुल्म परिसर भित्र नयाँ भौतिक संरचना तथा फर्निचरहरू निर्माण कार्य सुरु नगरी एक लाख ४ हजार १३६ रुपैयाँ बराबरको बराबरको सालको चिरान काठ बिना इजाजत सरकारी सवारी साधनको दुरुपयोग गरी संखुवासभा जिल्लाको चैनपुरबाट धरानरई टहरीतर्फ ओसारपसार गरी उक्त सरकारी सम्पत्तिको वदनियतसाथ हिनामिना गरी भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.