हतियार र लागुऔषधसहित दुईजना पक्राउ

हतियार र लागुऔषधसहित दुईजना पक्राउ

सिरहा : शुक्रबार सिरहाको लहानबाट प्रहरीले अवैध हतियार र लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । लहान नगरपालिका–४ का २४ वर्षीय रंजित यादव र लहान–५ का २६ वर्षीय रामचन्द्र पासमानलाई पक्राउ गरिएको हो। रंजित यादवको घरबाट दुई थान कटुवा पेस्तोल, राइफलको गोली र लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ। 

सिरहाका प्रहरी प्रवक्ता तथा डिएसपी माधवराज खरेलका अनुसार यादवको घरमा धानको बोरामा लुकाइ राखेको अवस्थामा दुई थान कटुवा पेस्तोल, केएफ ८ एमएम लेखिएको राइफल र गोली एक थान भेटिएको थियो । त्यसैगरी लागुऔषधहरुमा प्रयोग भइसकेका ८ एम्पुल डाइजेल्याव, ६ एम्पुल फेनारगन, २ एम्पुल लुपिजेसिक, ८ थान सिरिन्ज, ५ ट्याबलेट, डाइलेक्स डीसी १ बोतल बरामद गरिएको डिएसपी खरेलले जानकारी दिए।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी राजेश थापाको प्रहरी टोलीले यादवको घर खानतलासी गर्दा हातहतियार र लागुआषौध भेटिएको हो। 

पक्राउ परेका यादव र पासमानमाथि अनुसन्धान भइरहेको डीएसपी खरेलले जानकारी दिए। बरामद गरिएका हतियार र लागुऔषधबारे पनि खोजबिन भइरहेको उनले बताए । यादव र पासमानमाथि हातहतियार खरखजना र लागुऔषध दुवै मुद्दा चलाउने प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.