मदरसाका विद्यार्थीलाई न्यानो कपडा सहयोग

मदरसाका विद्यार्थीलाई न्यानो कपडा सहयोग

दाङ : पत्रकारहरुको एक संस्थाले तिहारमा भैलो खेलेर संकलन भएको रकमबाट जिल्लामा रहेको एक मदरसाका विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेको छ ।

‘क्रियाशील पत्रकार संघ, दाङ’ले तिहारमा भैलो खेलेर संकलन गरेको  ४० हजार रुपैयाँ मुस्लिम समुदायद्वारा दाङको शान्तिनगरस्थित अमुवामा सञ्चालित मदरसामा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गरेको हो ।

शान्तिनगर गाउँपालिका–२ अमुवामा रहेको मदरासामा सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी विपन्न र गरिब बालबालिका अध्ययनरत मदरसामा सहयोग गरिएको हो ।

मदरसाका विद्यार्थीहरुलाई न्यानो कपडा (ट्रयाक सुट र टिसर्ट) प्रदान गरेको हो । ४० हजार रुपैयाँ बराबर ४४ सेट न्यानो कपडा मदरसाका विद्यार्थीहरुलाई प्रदान गरिएको संघले जनाएको छ ।

मदरसाका प्रधानाध्यापक अब्दुल सतारले मदरसामा पहिलो पटक सहयोग आएको भन्दै बिपन्न बालबालिकालाई राहात पुगेको बताए । ९७ बालबालिका अध्ययनरत विद्यालयमा केही हिन्दुका विद्यार्थी पनि रहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.