विवाह पञ्‍चमीमा उच्च सर्तकता: कुकुरदेखि ड्रोन क्यामराबाट निगरानी (फोटोसहित)

विवाह पञ्‍चमीमा उच्च सर्तकता: कुकुरदेखि ड्रोन क्यामराबाट निगरानी (फोटोसहित)

जनकपुरधाम : साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सवका लागि प्रहरीले तालिम प्राप्त कुकुरदेखि ड्रोन क्यामराबाट सुरक्षा निगरानीको प्रबन्ध गरेको छ। भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ आउने भएपछि प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाएको हो।

प्रदेश नम्बर ३ को प्रदेश प्रहरी कार्यालय हेटौंडास्थित कुकुर शाखाका तालिम प्राप्त २ वटा कुकुर ल्याएर विशेष स्थानमा निगरानी बढाइएको छ। नेपाल प्रहरीका असई लालबहादुर थापाको नेतृत्वमा कुकुर शाखाको 'पोनर' र 'टाईगर' नाम गरेका कुकुरलाई जनकपुरको भीडभाड हुने स्थानमा निगरानी गर्न छुट्टै टिम परिचालन गरिएको छ।

प्रहरी जवान धर्मबहादुर पाण्डेले 'टाईगर' र अनोज अधिकारीले 'पोनर' नाम गरेका कुकुरबाट जनकपुरको विशेष स्थानमा निगरानी गरिरहेका छन्। 'विस्फोटक पदार्थ र हातहतियारबाट हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गरेर कुकुरबाट शंकास्पद स्थानमा निगरानी गरिरहेका छौं', सई लालबहादुर थापाले भने, 'शंका लागेको सार्वजनिक तथा निजी सवारी साधन, सार्वजनिक स्थानमा चेकजाँच गरिरहेका छौं।'

जनकी मन्दिर, रंगभूमी मैदान, बस पार्क, मन्त्रालय, रामनान्द चौकलगायत स्थानमा कुकुरबाट सर्च भइरहेको छ। विवाह महोत्सवमा भारतको तर्फबाट भगवान रामको जन्तीको नेतृत्व गर्दै आदित्यनाथ जनकपुर आउने भएका छन्।उनी आउने भएपछि भीड बढ्ने सुरक्षा निकायले आंकलन छ।

सुरक्षा व्यवस्थाका लागि प्रहरीले ड्रोन क्यामरा र अत्याधुनिक र्‍यापिड कम्युनिकेसन सिस्टम (आरसीएस) को पनि प्रयोग गरिएको छ। 'आरसीएस प्रविधि अहिले नेपाल प्रहरीले प्रयोग गर्ने नयाँ प्रविधिमध्येकै एक हो। यसमा उपयोग गरिने भिडियो सेटले क्यामराको माध्यमबाट सुरक्षा अवस्थाको गतिविधिबारे कन्ट्रोल रुमसम्म जानकारी पुर्‍याउँछ', प्रदेश २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले भने।

महोत्सवमा सुरक्षाका लागि ३ हजारको संख्यामा नेपाल प्रहरी, १ हजार सशस्त्र प्रहरी र सयजना भन्दा बढी सादा पोसाकका प्रहरी खटाइएका छन्।सप्ताहव्यापी सीताराम विवाहोत्सव अन्र्तगत मंगलबार मटकोर, बुधबार विवाहोत्स र बिहीबार रामकलेवा मनाइने गरिन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.