घरघरमा सुविधा दिँदै राक्सिराङ गाउँपालिका

घरघरमा सुविधा दिँदै राक्सिराङ गाउँपालिका

मकवानपुर : गाउँका प्रायः युवा कामको खोजीमा सहर र देशबाहिर। झुप्रो घर र खोरियाबारीको रेखदेख गर्दै दिन बिताइरहेका बुढापाकालाई खानेपानीको चिन्ताले सताइरहन्छ।

एक दशकअघि जडान गरिएको पाइप ठाउँठाउँमा फुटेर पानी आउन छाडेपछि चिन्तित मकवानपुरको पश्चिमी राक्सिराङ गाउँपालिका ६ काँकडास्थित सिलाधुनीवासी सोमबार भने छक्क परे। वर्षाैंदेखि पाइप मर्मतका लागि गुनासो गरेर थाकेका उनीहरू गाउँपालिकाका अध्यक्षसहित कर्मचारी गाउँमै आएर पाइप वितरणका लागि सम्झौता गरेपछि खुसी भएका हुन्।

करिब ७० प्रतिशत चेपाङ समुदायको बसोबास रहेको सिलाधुनीबाट गाउँपालिकाको सदरमुकाम चैनपुर आउन चितवनको भण्डारा हुँदै लोथर, मनहरी बजार भएर आउनुपर्छ। ‘गाउँपालिका जान पनि तीनवटा गाडी फेर्नुपर्थ्याे नभए हिँडेर जान ६/७ घण्टा लाग्छ’, स्थानीय रामबहादुर चेपाङले भने, ‘तर गाउँमै आएर पाइप किन्ने सम्झौता गरिदिएपछि हामीलाई धेरै राहत महसुस भएको छ।’

राक्सिराङले गाउँघरमै सिंहदरबार अभियानअन्तर्गत सेवा दिने अभियान चलाएपछि विकटका जनताले सरकारको अनुभूति गर्न थालेका छन्। स्थानीय तहको निर्वाचनपछि प्रायः जनप्रतिनिधि र कर्मचारीको बसाई सदरमुकामकेन्द्रित भएको गुनासो छ। सामान्य सिफारिसका लागि पनि सदरमुकाममा जनप्रतिनिधि र कर्मचारी खोज्नुपर्ने सेवाग्राहीको बाध्यता छ। तर राक्सिराङका जनप्रतिनिधि र कर्मचारी भने सेवाग्राही खोज्दै विकटका बस्तीहरू डुल्दै गरेको भेटिन्छन्।

देशकै एकमात्र चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिराङका अधिकांस जनताले घण्टौं हिँडेर सेवा लिन आउँदा पनि विभिन्न कागजात मिलाउन नजान्दा दुःख पाउने गरेको भन्दै गाउँपालिकाले गाउँघरमै पुगेर सेवा दिने अभियान थालेको हो।

अभियान अन्तर्गत गाउँपालिकाको बिकट ६ र ७ नम्बर वडाका बिभिन्न स्थामा पुगेर सेवा दिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए। ‘गाउँपालिका आउनै एक दिनसमम्म हिँड्नुपर्ने ठाउँहरु छन्, गाउँका सोझासाझा जनता आएर पनि कागजपत्र मिलाउन नजान्दा दुई/तीन दिन दुख पाएर फर्कन्छन्’, उनले भने, ‘जनतलाइ दुःख दिन दिनुभन्दा हामी आफै गाउँ गाउँमा गएर सेवा गरौं भनेर अभियान थालिएको हो।’

अभियानअन्तर्गत गाउँपालिकाबाट प्रदान गरिने सबै सेवा सेवाग्राहीलाई भेटेकै स्थानमा दिने व्यवस्था मिलाइएको अध्यक्ष मल्लले बताए। उपभोक्ता समितिहरूसँग योजना सम्झौता गरी कार्यादेश दिने काम बढी भएको ७ नम्बर वडाका अध्यक्ष कुलबहादुर चेपाङले बताए। ‘योजना सम्झौताका लागि धेरै समस्या हुने गरेको थियो’, उनले भने, ‘कर्मचारी र अध्यक्ष, उपाध्यक्षसहित एकै ठाउँबाट सेवा दिएपछि काम पनि समयमै हुने अपेक्षा गरेका छौं।’ एक महिनाअघि राक्सिराङ गाउँपालिका ९ खैराङबाट अभियान सुरु गरिएको थियो।

‘प्रत्येक वडामा अभियान सञ्चालन गर्छौं, स्थलगत अध्ययनको क्रममा जे समस्या देखिन्छ, त्यसका लागि आवश्यक निर्णय गरेर तुरुन्तै काम गर्ने गरेका छौं’, गाउँपालिका अध्यक्ष मल्लले भने, ‘स्थलगत रूपमै जनताको गुनासो सुनेर विकास निर्माणको काम अघि बढाउने र सामान्य कामका लागि पनि गाउँपालिकासम्म धाएर जनताले दुःख नपाउन् भनेर अभियान चलाइएको हो।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.