विवाह पञ्चमीमा गरिन्न छोरीको बिहे

विवाह पञ्चमीमा गरिन्न छोरीको बिहे

जनकपुरधाम : विवाह पञ्चमीको पौराणिक महत्व छ। यही दिन राम र सीताको विवाह भएको मानिन्छ। तर, तराई–मधेसमा विवाह गर्ने परम्परा छैन। स्थनीयले छोरीको बिहे गर्न यो दिनलाई अशुभ मान्दै आएका छन्। पण्डितहरूले मार्ग शुक्ल पक्ष पञ्चमी तिथिमा विवाह नगर्न सुझाव दिने गरेका छन्।

सीताजस्तै छोरीको पनि वैवाहिक जीवन दुःखमय हुने आशंकाले काम गरेको राम मन्दिर जनकपुरका महन्थ राम गिरी महराज बताउँछन्। तर, यस्तो सोच राख्न नहुने उनको धारणा छ। ‘भगवान् राम र माता सीतालाई साक्षी मानेर विवाह पञ्चमीका दिन बिहे गर्दा केही फरक पर्दैन’, उनी भन्छन्, ‘बरु सुख पो पाउँछन्।’ अहिले पनि अन्धविश्वासमा पर्नु गलत भएको उनी बताउँछन्।

‘विवाहपछि माता सीता १४ वर्ष वनवास बसिन्’, पत्रकार अर्जुन थपलिया भन्छन्, ‘गर्भवती भएको अवस्थामा रामले परित्याग गरे। सोही दुःख देखेर मधेसवासीले विवाह पञ्चमीको दिन विवाह गर्ने गर्दैनन्।’ यो गलत परम्परा रहेको उनको ठम्याइ छ। ‘यो गलत हो’, उनी भन्छन्, ‘सर्वसाधारणले दुःख त सजिलै बुझे तर माता सीताले पाएको सुख केलाउन सकेको देखिँदैन।’

प्राचीन मिथिलाका राजा जनकले हलो जोत्ने क्रममा खेतमा घैंटो भेटियो। त्यही घैंटोबाट पैदा भएकी सीतालाई जनकले छोरीका रूपमा पालनपोषण गरेको रामायणमा उल्लेख छ। जनकलाई शंकर भगवान्ले दिएको धनुषको पूजापाठ गर्ने जिम्मा सीता पाएकी थिइन्। धनुष जसले तोड्न सक्छ उही पुरुषसँग सीताको विवाह गर्ने घोषणा जनकले गरे। हजारौं राजाले हल्लाउन पनि सकेनन् तर दशरथका छोरा रामले सजिलै तोडे। त्यसपछि उनको विवाह जनकपुरमा भएको कथन छ।

विवाह पञ्चमी महोत्सवको पाँचौं दिन मंगलबार जनकपुरस्थित गंगासागरमा माता सीताको मटकोर गर्ने क्रममा शंख फुक्दै पण्डित। 

राम–सीता विवाहको स्मरणमा हरेक वर्ष जनकपुरमा धुमधामका साथ विवाह पञ्चमी मनाइन्छ। रामको भूमि अयोध्याबाट पाँच÷पाँच वर्षमा जन्ती पनि आउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.