विराटनगरमा नयाँ बसपार्क

विराटनगरमा नयाँ बसपार्क

विराटनगर : मोरङको विराटनगर महानगरपालिकाले वडा नम्बर ११ मा टर्मिनल भवनसहितको बसपार्क बनाएको छ। डेढ बिघा क्षेत्रफलमा ८ करोड ४७ लाख रुपैयाँ लागतमा बनाइएको बसपार्क पुस पहिलो सातादेखि सञ्चालन गर्ने तयारी छ।

६ लेन सडकमा निर्माण गरिने ढलका कारण बस टर्मिनल सञ्चालनमा आउन ढिलाइ भएको महानगरपालिकाका इन्जिनियर अर्जुन थापाले बताए। निर्माण सम्पन भए पनि सडक निर्माण भइरहेकाले सञ्चालनमा नआएको उनको भनाइ छ। ‘बस तथा अन्य सवारी साधन बसपार्कमा प्रवेश गर्ने र बाहिर जाने बाटोमै ६ लेन सडकको नाला बनाउने काम चलिरहेको छ’, उनले भने, ‘त्यो पूरा नहुन्जेल बसपार्क सञ्चालनमा ल्याउन कठिनाइ भएको छ।’

बसपार्कमा नगर विकास कोषको ९० प्रतिशत ऋण, नेपाल सरकारको सहयोग र महानगरपालिकाको लगानी छ। गौरी पार्वती निर्माण सेवा काठमाडौंले बसपार्क निर्माण निर्धारित अवधि १८ महिनाभित्रै पूरा गरी गत साउनमा महानगरपालिकालाई जिम्मा लगाएको थियो। हस्तान्तरणका लागि पत्राचार गरिएको गौरी पार्वती निर्माण सेवाका साइट इन्चार्ज सुदर्शन थापाले सुनाए।

विराटनगरमा बनाइएको नयाँ बसपार्कको टर्मिनल भवन। 

मेयर भीम पराजुलीले विराटनगर प्रवेश गर्ने सवारी साधनको चाप थेग्ने गरी नयाँ बसपार्क निर्माण गरिएको बताए। ‘यात्रु तथा सवारी साधनका चालक र कर्मचारीलाई सबै सुविधा उपलब्ध हुने हिसाबले बसपार्क निर्माण भएको छ’, मेयर पराजुलीले भने।

बसपार्क साना–ठूला गरी ५४ वटासम्म राख्ने क्षमताको छ। टर्मिनलमा पुरानो बसपार्कजस्तो धेरै समय बस रोक्न नमिल्ने र यात्रु ओराल्ने तथा चढाएर गन्तव्यतर्फ गुडाइ हाल्नुपर्ने नियम लगाइने उनले सुनाए। टर्मिनलनमा व्यवस्थित टिकट काउन्टर, यात्रु प्रतीक्षालय, रेस्टुराँ, ब्यागेज राख्ने कोठा, सार्वजनिक शौचालयको सुविधा छ।

बसपार्क भवनको पहिलो तलामा टिकट काउन्टरसहित यात्रु प्रतीक्षालय र पसल रहनेछन्। दोस्रो तलामा रेस्टुरा, लगेज कक्ष र प्रशासन कक्ष रहने महानगरपालिकाले जनाएको छ। यसअघि बसपार्क व्यवस्थित नहुँदा सामान्य वर्षामै हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने समस्या थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.