सिक्टा अनियमितता : माटो विशेषज्ञद्वारा अध्ययन सुरु

सिक्टा अनियमितता : माटो विशेषज्ञद्वारा अध्ययन सुरु

नेपालगन्ज : नेपाल–अस्ट्रेलिया सम्मिलित माटो विशेषज्ञ टोलीले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मुल नहरको मंगलबारबाट अध्ययन थालेको छ। घुलनशील माटोका कारण दुई पटक भत्केर दर्जनौं ठाउँमा नहर जीर्ण भएको थियो।

मुल नहरमा माटोका कारण समस्या भएको भन्दै समाधान गर्न आयोजनाले टोली बोलाएको हो। दुई विदेशीसहितको चार सदस्यीय टोलीले स्थलगत रूपमा काम सुरु गरेको आयोजना प्रमुख कृष्ण नेपालले बताए। मंगलबार सिक्टाको अगैयास्थित मुख्य हेड वक्स र बालापुरदेखि अगैयास्थित जीर्ण नहरको टोलीले स्थलगत अवलोकन गरेको छ।

टोलीले माटो परीक्षण र नहर डिजाइनबारे अध्ययन गरी समस्या समाधान गर्न पहल गर्नेछ। ‘नहरमा माटोले समस्या निम्त्यायो भनेर समाधान गर्न विज्ञ टोली बोलाइएको हो’, आयोजना प्रमुख नेपालले प्रस्ट पारे। टोलीले स्थलगत अवलोकन गरी कति दिन काम गर्ने भन्ने तय हुने आयोजनाले जनाएको छ।

२०७३ साल असार १४ गते झिंझरी खोलाछेउ, गत ७ साउनमा चंगाई नाला छेउमा नहर भत्किएको थियो। पश्चिमी नहरको ४४.२५ किलोमिटर लामो पश्चिमी मुल नहरको परुवा खोलादेखि डुडुवा खोलासम्म १४ किलोमिटर क्षेत्रमा समस्या छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे ८ अर्ब रुपैयाँ बिगो माग गर्दै पूर्वमन्त्री तथा आयोजनाका ठेकेदार विक्रम पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.