हुम्लाका २९ वडा सचिवबिहीन

हुम्लाका २९ वडा सचिवबिहीन

सिमकोट : दुर्गम हिमाली जिल्ला हुम्लाका ४४ वटा वडा कार्यालयमध्ये २९ वडा सचिवबिहीन बनेका छन्। संघीय सरकार र प्रदेश सरकारका झण्डै तीन दर्जनभन्दा बढी मन्त्रालय र विभागका कामको प्रत्यक्ष सुविधा दिने जिल्लाका सात गाउँपालिकाका ४४ वडामध्ये २९ वडा सचिवबिहीन भएपछि सेवा प्रवाहमा समस्या भएको हो।

नियमित काम गर्न समस्या भएपछि जिल्लाका सबै स्थानीय तहले संघीय सरकारसमक्ष ताकेता गर्दै आएका छन्। वडाअनुसारका सचिव नपाउँदा दैनिकी काम प्रभावित हुँदै आएको छ।

नयाँ संरचनासँगै ८ वडा रहेको सिमकोट गाउँपालिकामा सचिव नभएपछि सचिव धर्मराज रोकायाले एक्लै पालिकाका ४, ५ र ६ नम्बर वडाको जिम्मेवारी लिनुपरेको छ।

संघीय सरकार र प्रदेश सरकारले वडा सचिवको व्यवस्था नगरेकाले थप समस्या भएपछि सिमकोट गाउँपालिकामा कतिपयमा करारका कर्मचारीबाट काम चलाउँदै आएको सचिव बोहराले बताए।

जिल्लाको भौगोलिक हिसाबले निकै ठूलो गाउँपालिकाका रुपमा रहेको नाम्खाका ६ वटा वडामा पनि ३ जना मात्रै वडा सचिव भएपछि नियमित काम सोचेअनुसार गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताए।

एक वडादेखि अर्को वडा पुग्न ३ दिनसम्म लाग्ने स्थानमा समेत सचिव अभाव भएपछि नागरिकलाई सेवा प्रवाहमा समस्या भएको अध्यक्ष लामाले जानकारी दिए। 

भूगोल र वडा संख्याका हिसाबले जिल्लाकै सानो गाउँपालिका खार्पूनाथका सबै वडामा सचिव नभएपछि काम ठप्प भएको छ।वडामा सचिव कै अभावले सामाजिक सुरक्षा भत्ता वितरणदेखि अन्य पञ्जिकरण दर्ता समेत हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीले बताए। अधिकृत शाहीका अनुसार ५ वडा भएको खार्पुनाथमा पनि अहिले १ जना मात्रै सचिव छन्।

सर्केगाड गाउँपालिकामा पनि सचिवको समस्या उस्तै छ। सर्केगाडमा पनि ४ जना सचिव मात्रै भएपछि नियमित काममा समस्या भएको प्रमुख प्रशासकीय अधिकृत योगेश पाण्डेले बताए। 

'सचिव व्यवस्थाका लागि गाउँपालिकाका तर्फबाट पटकपटक मन्त्रालयलाई पत्राचार गर्दा पनि हालसम्म सुनुवाई नभएकोले नियमित काम प्रभावित हुँदै आएको छ,' गाउँपालिका उपाध्यक्ष जोशी धामीले भने, 'सरकारले वडाअनुसार सचिवको संख्या नभएपछि सचिवमार्फत हरेक नागरिकसम्म सरकार पुर्‍याउने काम प्रभावित मात्रै भएको छैन् गाउँमा सिंहदरबारको नारा समेत पूरा हुन सकेको छैन्।'
  
६ वडा भएको चंखेली गाउँपालिकामा पनि २ सचिवले काम चलाइरहेका छन्। सरकारको नाराअनुसार सिहंदरबार गाउँमा आएपनि सिंहदरबारको अनुभूति गराउने सचिवनै नभएपछि गाउँपालिकाका नियमित काममा समस्या भएको प्रमुख प्रशासकीय अधिकृत धुर्व फुँयालले बताए। 

अदानचुली र ताँजकोटमा पनि समस्या उस्तै छ। सचिव नभएपछि आफूले सोचेअनुसारको काम गर्न नसकेको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले बताए। उनका अनुसार ६ वडा भएको अदानचुलीमा ३ जना मात्रै सचिव छन्।

'वडामा सचिव व्यवस्थापनका लागि पटकपटक संघीय मन्त्रालयसँग समन्वय गर्दा पनि सुनुवाई भएको छैन', अध्यक्ष फडेराले भने,'पालिकामा भएका २ जना सचिवले मुष्किलले काम चलाइरहेका छन्।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.