५६ व्याञ्जन खुवाएर जनकपुरबाट जन्तीको बिदाइ
जनकपुरधाम : अयोध्याबाट आएका जन्तीलाई ५६ व्याञ्जन खुवाएर जनकपुरधामबाट बिहीबार बिदाइ गरिएको छ । सीताराम जानकी विवाहोत्सव समापनका क्रममा अयोध्याबाट आएका जन्तीलाई मिठा मिठा परिकार खुवाएर बिदाइ गरिएको हो ।
पाँच दिनसम्म चलेको विवाहमहोत्सवमा अयोध्यादेखि जन्तीका रुपमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहितका भारतीय नागरिक र साधुसन्त जन्ती बनेर जनकपुरधाम आएका थिए ।
जन्तीहरुलाई जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा बासमती चामलको भात, रारीको दाल, पापड तिलौरी, सलाद, लड्डु, दही लगायतका ५६ परिकार खुवाएर बिदाइ गरिएको हो । उनीहरुलाई दक्षिणा र कम्बल दिँदै जानकी सह– महन्थ रामरोशन दासले सबै जन्तीलाई बिदाइ गरेपछि विवाहोत्सव पनि सकिएको छ ।