मधेसमा मुस्लिम धर्मावलम्बीको दाइजो विरोधी अभियान

मधेसमा मुस्लिम धर्मावलम्बीको दाइजो विरोधी अभियान

वीरगन्जः ‘इस्लाम धर्ममा दाइजो भन्ने कुरा छदैँछैन, इस्लामी निकाह (विहे) मा त केटीको सुरक्षाका लागि उल्टै केटा पक्षले केटी पक्षलाई महर (जग्गा, नगद सम्पति) दिनुपर्छ’, मुस्लिम युुवती जेलीशा सुमनले भनिन्, ‘तर पछिल्लो समय अरु समुदाय र जातिमा चलेको दाइजो हाम्रो समुदायमा पनि लेनदेन भइरहेको छ ।’

मधेसका समाजमा जरा गाडेर बसेको दाइजो कुप्रथाविरुद्ध वीरगन्जमा आइतवार मुस्लिम धर्मावलम्बीको सडक प्रदर्शनमा भेटिएकी सुमनले अगाडि भनिन्, ‘अहिले मुस्लिम समुदाय पनि दाइजोमा निक्कै अगाडि देखिएको छ, अहिले हाम्रो इस्लाम समुदायमा पनि दाइजो कुप्रथा विषसरह नै फैलिएको छ, त्यसैले यो कुप्रथाविरुद्ध हामी इस्लाम धर्मका महिला र युवती नै सडकमा उत्रिएका हौँ ।’

सडक प्रदर्शनमै भेटिएका इस्लामी संघ पर्साका अध्यक्ष जमील अख्तारले पनि यही कुरामा जोड दिए । ‘हाम्रो धर्ममा त दहेज (दाइजो) शब्दको उच्चारण गरयो भने अल्लाह (ईश्वर) रिसाइ हाल्नु हुन्छ भन्ने मान्यता छ, इस्लाम धर्मले त दाइजो लिनेलाइ हरामको संज्ञा दिन्छ’, उनले भने, ‘यदि दाइजो लियो भने उ मुस्लिम नै रहँदैन, तर अहिले अरु समुदायको नक्कल गरेर धनको लोभमा इस्लाम समुदायले पनि छोराको विहेमा लाखौँ लिइरहेका छन् ।’ 

मधेसमा जरा गाडेर बसेको दाइजोविरुद्ध इस्लामी संघ नेपालले आइतवारदेखि प्रदेश नम्बर २ मा १० दिने अभियान शुरु गरेको छ । प्रदेशका आठै जिल्लामा सञ्चालन गरिने अभियानको सुरुवात आइतवार वीरगन्जमा मुस्लिम धर्मावलम्बी सडकमा ¥याली निकालेर गरेका हुन् ।

र्या‍लीमा बुर्का लगाएका मुस्लिम महिला, किशोरी, युवती र बालिकाका साथै मुस्लिम धर्मका अगुवा, धर्मगुरु लगायत सहभागी थिए । ¥यालीमा सहभागी बुर्का लगाएका बालिका, युवती र महिलाहरुले दहेज प्रथा हटाऊ, छोरीचेलीको जीवन जोगाऊ, दाइजो समाजको क्यान्सर हो, यसविरुद्ध सबै मिलेर अगाडी बढौं, छोरी चेलीलाई पढाऊ, समाजमा दाइजो प्रथा हटाऊ जस्ता नारा अंकित प्लेकार्ड बोकेका थिए । 

महानगरको परिक्रममा पछि घण्टाघर चोकमा संघले सभा पनि गरेको थियो । सभामा भेटिएका इस्लामी संघ पर्साका अध्यक्ष जमील अख्तारले भने, ‘दाइजो प्रथाले इस्लाम धर्मलाई पनि तहसनहस पार्दैछ, त्यसैले यो कुप्रथालाई हाम्रो समुदायबाट निमिट्यान्न पार्ने उदेश्यले प्रदेश २ मा संघले दाइजोविरुद्ध १० दिने अभियान शुरु भएको हो ।’

१० दिने अभियान आइतवार वीरगन्जबाट शुरु गरिएको भन्दै उनले अभियानका क्रममा १० दिनसम्म विभिन्न प्रकारका सचेतनामुलक कार्यक्रमहरु गरिने बताए । 

‘समाजमा महामारीसरह फैलिरहेको दाइजो कुप्रथाले छोरी चेलीको जीवन बर्वाद पारिरहेको छ, जसको घरमा छोरी जन्मिन्छ, उसलाई त्यो छोरी टाउकोको निक्कै ठूलो बोझ सरह हुन्छ’, घण्टाघरकै सभामा भेटिएका वीरगन्जका अर्का मुस्लिम अगुवा मुज्तुवा अन्सारीले भने, ‘मुस्लिम समुदाय पनि दाइजो प्रथाबाट अक्रान्त छ, त्यसैले यो कुप्रथालाई समाजमा निर्मूल पार्ने उदेश्यले अभियान थालेका हौँ, यसमा अरु धर्म र समुदायको पनि साथ आवश्यक छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.