विकास र समृद्धिमा निजी क्षेत्रको योगदान अत्यावश्यक छ : पर्यटनमन्त्री

विकास र समृद्धिमा निजी क्षेत्रको योगदान अत्यावश्यक छ : पर्यटनमन्त्री
सुन्नुहोस्

स्याङ्जा : संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रिप्रसाद पाण्डेले विकास र समृद्धिका लागि निजी क्षेत्रको योगदान अत्यावश्यक रहने बताए। मन्त्री पाण्डेले सरकारले मात्र विकास गर्न नसक्ने जनाउँदै निजी क्षेत्रले अग्रसरता लिनुपर्ने बताएका हुन्। 

स्याङ्जा सातौं महोत्सवको मंगलबार पुतलीबजार नगरपालिका-१ स्थित मालेबगर खेलमैदानमा उद्घाटन गर्दै मन्त्री पाण्डेले लगानीमैत्री नीति राज्यले बनाइदिने र निजी क्षेत्रले कार्यान्वयन गर्नुपर्ने बताए। मन्त्री पाण्डेले थपे, ‘निजी क्षेत्र अगाडि आउने हो। निजी क्षेत्रले लगानीमैत्री वातावरण छ। मुनाफा कमाउन सक्छु भनेर अघि सर्नु जरुरी छ।  धनीमानी भनेको माफिया र शोषक भन्ने भाष्य बढेको छ। यस्ता भाष्य चिर्दै धनीमानी मानिसलाई देशमै लगानी गर्न र विदेशमा रहेकालाई पनि स्वदेशमा लगानीको वातावरण बनाई दिनुपर्छ’, उनले भने।  

सरकारले अध्यादेशमार्फत लगानीमैत्री ऐन बनाउने उनले दाबी गरे। ‘केही वर्ष पहिला कुश्मा सुनसान थियो। म्याग्दी, मुस्ताङ हुँदै मुक्तिनाथ पुगिन्थ्यो। सरकारले वातावरण बनायो। कुश्मामा ५/६ जना युवा मिलेर निजी क्षेत्रबाट बन्जीजम्पको सुरुवात गरेसँगै चहलपहल र आर्थिक चलायमान भएको छ। आज दैनिक हजारभन्दा धेरै व्यक्ति कुश्मा लक्षित गर्दै त्यहाँ पुग्छन्। पर्यटकीय एवं धार्मिक गन्तव्य समेत बनेको छ।’

स्याङ्जा धेरै क्षेत्रमा अग्रणी स्थानमा रहेकाले धेरै सम्भावना बोकेको जिल्ला भएको उनले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.