जाजरकोटमा पनि शिक्षक आन्दोलन: कालोपट्टी बाँधेर ज्ञापनपत्र पेस

जाजरकोटमा पनि शिक्षक आन्दोलन: कालोपट्टी बाँधेर ज्ञापनपत्र पेस
सुन्नुहोस्

जाजरकोट : नेपाल शिक्षक महासंघसँग पटकपटक भएका सम्झौता कार्यान्वयनमा सरकारले आलटाल गरेको र प्रस्तावित विद्यालय शिक्षा विधेयक संसदमा पेस गर्न ढिलाइ गरेको भन्दै नेपाली शिक्षकहरू आन्दोलनमा उत्रिएका छन्। आन्दोलनका घोषित कार्यक्रमअन्तर्गत जाजरकोटका शिक्षकहरूले मंगलबार कालोपट्टी बाँधेर सरकारको विरोध गरेका छन्।

नेपाल शिक्षक महासंघ र सरकारबीच भएका सम्झौताहरूको कार्यान्वयन तथा सम्बोधन गर्न हिउँदे अधिवेशनबाट शिक्षा ऐन जारी गरियोस् भन्ने मूल मुद्दा उठाउँदै नेपाल शिक्षक महासंघ (राष्ट्रिय समिति)द्वारा घोषित आन्दोलनबमोजिम भेरी नगरपालिकामा ध्यानाकर्षण पत्र तथा ज्ञापनपत्र बुझाइएको नेपाल शिक्षक महासंघ भेरी नगर समितिका अध्यक्ष रुद्रराज वलीले बताए। 

नेपाल शिक्षक महासंघ (भेरी नगरपालिका) का अध्यक्ष रुद्रबहादुर वलीको नेतृत्वमा शिक्षक– कर्मचारीहरूको विशेष उपस्थितिमा विगतमा शिक्षक र कर्मचारीबीच भएको सहमति कार्यान्वयन गर्न तत्काल शिक्षा ऐन जारी गरियोस् भन्ने नारा लगाउँदै हातमा कालोपट्टी बाधेर र्‍यालीसहित नगरपालिका पुगेर ज्ञापनपत्र बुझाएका थिए। भेरी नगरपालिकाका नगर शिक्षा शाखा प्रमुख अमृतबहादुर पुनलाई ध्यानाकर्षण पत्र बुझाइएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.