कुमाल परिवारलाई किरिया खर्च जुटाउन मुस्किल

कुमाल परिवारलाई किरिया खर्च जुटाउन मुस्किल
सुन्नुहोस्

बुटवल : दुवै मिर्गौला फेल भएर घरको अभिभावकको मृत्यु भएपछि प्यूठानका कुमाल परिवारलाई किरिया खर्च जुटाउनसमेत मुस्किल परेको छ। झिमरुक गाउँपालिका–६ निन्युखर्क प्यूठानकी शान्ता कुमाल र उनका तीन छोरीहरू गम्भीर आर्थिक संकटबाट गुज्रिरहेका छन्।

‘ श्रीमान् नारायण कुमालको उपचार गर्दा भए जतिको पैसा सकियो’, शान्ताले भनिन्, ‘पैसा पनि सकियो श्रीमान्लाई पनि बचाउन सकिएन।’ उनले श्रीमान्को उपचार लागि दुई लाख खेत बन्धक राखेर र अरू सहयोग सहयोग जुटाएर उपचार गरेका थियौं तर श्रीमान्लाई बचाउन सकिएन।’ भैरहवामा उपचार गर्दा सहयोग संकलनबाट ६ लाख र खेतबन्धक राखेर २ लाख गरी ८ लाख रुपैयाँ श्रीमान्को उपचारमा सकिएको उनले बताइन्।

चार छोरीमध्ये जेठीको बिहे भएको छ। अरु तीन छोरीको पालनपोषण र हेरचाह उनको काँधमा छ। तर, आम्दानीको उपाय नभएपछि यो परिवार अहिले बिचल्लीमा परेको हो। माइली छोरी १८ वर्षीया अस्मिता कक्षा ११ मा पढ्छिन्। साहिँली १४ वर्षीया अञ्जु ८ कक्षा र कान्छी ९ वर्षीया संगीता कुमाल ४ कक्षामा पढ्छन्।

किरिया बसेको र अन्तिम संस्कारमा लाग्ने खर्चको समेत जोहो गर्न हम्मेहम्मे परिरहेको यो परिवारलाई भोलिका दिन कसरी बिताउने भन्ने चिन्ताले पिरोलिरहेको छ। ‘छोरीहरू दाङमा त्रिवेणी गाउँपालिका रोल्पाका उपाध्यक्ष लेखमणि डाँगीको घरका बसेर पढ्छन्’, उनकी श्रीमती शान्ताले भनिन्, ‘साथमा श्रीमान् हुनुहुन्थ्यो र आडभरोसा थियो सबै गुम्यो।’

कुमाल परिवारको दर्दनाक पीडा देखेर झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले उनको घरमै पुगेर १३ औं दिनको दिन आवश्यक पर्ने खाद्यान्न सहयोग गरेका छन्। ‘व्यक्तिगत रूपमा उहाँहरूलाई केही राहत मिलोस् भनेर चामल, नुन र तरकारी घरमै पुगेर दिएको छु’, पोख्रेलले भने, ‘राहतस्वरूप तत्कालका लागि थोरै सहयोग गरेको छु। भावी दिनमा पनि थप सहयोगका लागि पहल गर्छु।’ पोख्रेलले कुमाल परिवारलाई सान्त्वनास्वरूप गाउँपालिकाबाट गर्न सकिने सहयोगको लागि समेत सोच बनाएको प्रतिक्रिया दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.