खेलै नखेली फर्किए भारत गएका पारा खेलाडी

खेलै नखेली फर्किए भारत गएका पारा खेलाडी

काठमाडौं : गत १३ र १४ गते भारतको देहरादुनमा आयोजना भएको छैटौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप र पहिलो अन्तर्राष्ट्रिय पारा च्याम्पियनसिपमा सहभागी हुन नेपालको राष्ट्रिय पारा तेक्वान्दो टोली मंसिर १० गते भारत गएको थियो । काठमाडौंदेखि करिब २४ घण्टाको बसयात्रा गरेर देहरादुन पुगेको नेपाली टोली त्यतिखेर खिन्न हुन पुग्यो जब उनीहरूले इन्ट्री फि तिरेर पनि च्याम्पियनसिपमा खेल्न पाएनन् ।

लामो यात्रा गरेर त्यहाँ पुगेको नेपाली टोली दुई दिन देहरादुन घुमेर स्वदेश फर्किएको थियो । च्याम्पियनसिपमा सहभागी हुन रामबहादुर अधिकारी, गोविन्द्र थापा, सोमबहादुर सुनुवार, दीपेश महत, विक्रम श्रेष्ठ, पलेशा गोवद्र्धन, रञ्जना धामी र प्रशिक्षक कविराज नेगी लामा बसबाट देहरादुन गएका थिए । यस्तै टोली प्रमुखका रूपमा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्द र सचिव दीपक विष्ट भने दुई दिनपछि हवाईजहाजबाट देहरादुन गएका थिए ।

च्याम्पियनसिपमा सहभागी हुन पुगेकी रञ्जना धामीले अन्य राष्ट्रबाट राष्ट्रिय खेलाडी सहभागी नभएपछि आफूहरूले नखेलेको बताइन् । ‘त्यहाँको आयोजकले पहिलो पटक पारा च्याम्पियनसिप आयोजना गरेको रहेछ । च्याम्पियनसिपमा सहभागी हुन नेपालबाट मात्रै राष्ट्रिय खेलाडी सहभागी भएपछि गुरुहरूले नखेल्ने निर्णय गर्नु भएको हो’ राष्ट्रिय पारा खेलाडी रञ्जनाले भनिन् ।

नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले च्याम्पियनसिपमा राष्ट्रिय टोलीको स्ट्यान्डडर्ड प्रतिस्पर्धा नभएकाले खेल्दै नखेली फर्किएको दाबी गरे । ‘उनीहरूले पहिले पनि नन् पारा च्याम्पियनसिप गर्दै आएका थिए । त्यही रिलेसनका आधारमा हामीले पारा खेलाडीलाई पठाएका थियौं’ अध्यक्ष राणाले भने ‘तर स्ट्यान्डर्ड गेम नभएपछि हामी आफैंले खेल्न रोकेका हौं ।’ उनले च्याम्पियनसिपका लागि राष्ट्रिय खेलकुद परिषद्ले सहयोग नगरेपछि संघकै खर्चमा खेलाडीलाई देहरादुन पठाएको बताए । ‘परिषद्सँग हामीले सहयोग मागेका थियौं, उहाँहरूले सहयोग नगरेपछि संघकै खर्चमा खेलाडीलाई पठाएको हो’ उनले भने । अध्यक्ष राणाले एक प्रशिक्षक र सात खेलाडीको खर्च मात्रै संघले बेहोरेको र उपाध्यक्ष र सचिवको खर्च भने उनीहरू आफंैले गरेको बताए । तेक्वान्दोका कीर्तिमानी खेलाडी दीपक विष्टले पनि खेलाडीको हौसला बढाउन आफ्नै खर्चमा देहरादुन पुगेको बताए । ‘उपाध्यक्ष चन्द र म आफ्नै खर्चमा देहरादुन गएका हौं । धनगढीसम्म प्लेनमा र त्यहाँबाट गाडी रिजर्भ गरेर गएका हौं’ विष्टले भने ।

तेक्वान्दो संघअन्तर्गतकै पारा कमिटीका अध्यक्ष कासिम मियाँले पनि पहिले कमिटमेन्ट गरेको जस्तो स्तरीय प्रतियोगिता नभएकाले च्याम्पियनसिप नखेली फिर्ता बोलाएको दाबी गरे । ‘आयोजकले धेरै राष्ट्रका टोलीलाई बोलाएको थियो । तर, अधिकांश राष्ट्रबाट राष्ट्रिय खेलाडी नआएपछि हामीले खेलाडीलाई नखेल्न भनेका हौं’ मियाँले भने । उनले दुई वर्षअघि नन पारा खेलाडी सहभागी भएकाले त्यही विश्वासमा पारा खेलाडीलाई देहरादुन पठाएको बताए । उनले परिषद्ले सहयोग नगरेपछि संघकै खर्चमा खेलाडीलाई पठाएको दाबी पनि गरे । उनले पारा कमिटीले खेलाडीका लागि एक लाख २८ हजार रुपैयाँ खर्च गरेको जानकारी दिए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.