बसको छतमा ठूलो परिमाणमा लागूऔषध : प्रहरीलाई झुक्याएर एक भागे, एक पक्राउ (भिडियो)

बसको छतमा ठूलो परिमाणमा लागूऔषध : प्रहरीलाई झुक्याएर एक भागे, एक पक्राउ (भिडियो)

महोत्तरी : महोतरीको बर्दिवास नगरपालिकाबाट ठूलो परिमाणको लागूऔषधसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। सोमबार बिहान यात्रुबाहक बसमा चेकजाँचका क्रममा लागूऔषध बरामद भएको हो।

छुट्टाछुट्टै बसमा लागूऔषध लुकाएर ल्याउँदै गरेका एकजना पक्राउ परेका छन् भने अर्का एकजना भागेका छन्।

नगरपालिकाको वडा नम्बर ३ स्थित इलाका प्रहरी कार्यालय अगाडि यात्रुबस चेकजाँचका क्रममा बा३ख ७४६८ नम्बरको बसमा डाइलकस डीसी नामको लागू औषध ४७ बोत्तल भेटिएको हो। बस उदयपुरबाट काठमाडौं जाँदै थियो। तर उक्त लागू औषध ल्याउन व्यक्ति भने प्रहरीलाई छक्याएर भाग्न सफल भएको डीएसपी खगेन्द्र खड्काले जानकारी दिए।

बसको छतमा लुकाएर ल्याएको अवस्थामा उक्त परिमाणको लागूऔषध बरामद भएको हो।

यता बा५ख १९६८ नम्बरको हाइसबाट १०० बोत्तल डाइलक्स डीसी भेटिएको छ। सँगै नाइट्रोभेक्स नामको २० पाता लागू औषध पनि बरामद भएको छ। यसमा ६३० गोटी छन्।

यो लागूऔषध लिएर आएका १८ वर्षीय अमरकुमार शर्मा ठाकुर पक्राउ परेका छन्। प्रहरीले उनी सिरहा जिल्ला विष्णुपुर १ का बासिन्दा भएको जनाएको छ।

डेढ महिनाअघि पनि प्रहरीले ठूलो परिमाणमा लागू औषध बरामद गरेको थियो।

हेर्नुस् भिडियो

हेर्नुस् फोटोहरू


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.