उद्यमशीलता विकासका लागि 'ड्रिमप्रिनियर स्क्वाड'
काठमाडौं : अनलाइन जब तथा ह्युमन रिसोर्समा कार्यरत कम्पनी जबकुञ्जले 'ड्रिमप्रिनियर स्क्वाड' गठन गरेको छ। विभिन्न पेशा तथा उद्यमशीलताको आकांक्षा भएका युवाहरूलाई उनीहरूको सपना साकार बनाउन सघाउने उद्देश्यले ड्रिमप्रिनियर स्क्वाड संस्था गठन गरेको कम्पनीका सिइओ अमित आचार्यले जानकारी दिए।
स्क्वाडको अध्यक्षमा आन्टरप्रेनियर इन्कुबेसन सेन्टरका सिइओ निर्मल श्रेष्ठ निर्वाचित भएका छन्। कार्यकारी उपाध्यक्षमा आकृति ज्ञवाली र प्रमिला श्रेष्ठ निर्वाचित भएका छन्।
यस्तै उपाध्यक्षमा शर्मिला लामा, रिदिमा श्रेष्ठ, भावना श्रेष्ठ र समृद्धि कार्की छानिएका छन्। महासचिवमा मुना श्रेष्ठ निर्वाचित भएकी छन्। संस्थाले तत्काल हरेक शनिबार स्पिकर्स क्लबमार्फत युवाहरूको क्षमता अभिवृद्धिका कामहरू गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !