विश्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको नयाँ योजना
विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव नजिकिँदै गर्दा, विश्वकै अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नेपाली ग्राहकहरूका लागि विशेष “Are You Ready for Greatness” अभियान सार्वजनिक गरेको छ। विश्वकपको रोमाञ्चक अनुभवलाई अझ भव्य, जीवन्त र अविस्मरणीय बनाउने उद्देश्यका साथ ल्याइएको यस अफरमा आकर्षक क्यासब्याक, विस्तारित वारेन्टी तथा सहज ईएमआई सुविधाहरू समावेश गरिएको छ।
“Are You Ready for Greatness? Feel Every Goal. Live Every Moment.” भन्ने सन्देशसहित सुरु गरिएको यो अभियानले फुटबलप्रेमी नेपालीहरूलाई आफ्नै घरमा स्टेडियम सरहको मनोरञ्जन अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। टीसीएल का अत्याधुनिक टेलिभिजनहरूले हरेक गोल, हरेक उत्साह र हरेक ऐतिहासिक क्षणलाई अझ स्पष्ट, जीवन्त र रोमाञ्चक बनाउने कम्पनीको विश्वास छ।
यस विशेष अफर अन्तर्गत टीसीएल टेलिभिजन खरिद गर्ने ग्राहकहरूले रु. २,००,०२६ सम्मको आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नेछन्। विश्वकपका अविस्मरणीय क्षणहरूलाई अझ विशेष बनाउने यस योजनासँगै टीसीएलले २+२ वर्षको विशेष वारेन्टी सुविधा पनि उपलब्ध गराएको छ, जसले ग्राहकहरूलाई आगामी ४ वर्षसम्म उत्कृष्ट मनोरञ्जन अनुभवसँगै विश्वसनीय सेवाको भरोसा प्रदान गर्नेछ।
टीसीएलले विश्वभर आफ्नो उत्कृष्ट डिस्प्ले प्रविधि, प्रिमियम पिक्चर क्वालिटी, शक्तिशाली अडियो अनुभव तथा स्मार्ट इनोभेसनका लागि विशेष पहिचान बनाएको छ। नेपाली बजारमा पनि टीसीएलका टिभीएस ग्राहकहरूको पहिलो रोजाइ बन्दै गइरहेका छन्, जसले आधुनिक परिवारलाई विश्वस्तरीय मनोरञ्जन अनुभव प्रदान गरिरहेका छन्। ग्राहकहरूको सुविधालाई प्राथमिकता दिँदै टीसीएलले नागरिकता मात्रको आधारमा सहज ईएमआई सुविधा समेत उपलब्ध गराएको छ, जसले प्रिमियम होम इन्टरटेन्मेन्टलाई अझ सुलभ बनाउने अपेक्षा गरिएको छ।
यस अवसरमा सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण फुटबलप्रेमी नेपालीहरूलाई टीसीएलसँग विश्वकपको रोमाञ्चक यात्रा अनुभव गर्न आमन्त्रण गरेको छ। कम्पनीका अनुसार यो योजना २०८३ जेठ २१ गतेदेखि श्रावण ३ गतेसम्म नेपालभरका आधिकारिक सिजी इलेक्ट्रोनिक्स शोरूम तथा विक्रेतामार्फत लागू हुनेछ।
“विश्वकप केवल खेल होइन, भावना हो। टीसीएलको अत्याधुनिक प्रविधिले प्रत्येक खेललाई अझ जीवन्त बनाउँदै दर्शकहरूलाई खेलमैदानको बीचमा पुगेजस्तो अनुभूति दिन्छ। यस अभियानमार्फत हामी ग्राहकहरूलाई विश्वस्तरीय मनोरञ्जनसँगै आकर्षक लाभहरू पनि प्रदान गर्न चाहन्छौं,” कम्पनीले जनाएको छ। नेपालमा एयर कन्डिसनर, टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन तथा वाटर डिस्पेन्सरमार्फत उपभोक्तामाझ लोकप्रिय रहेको टिसिएल ब्रान्डलाई नेपालमा सिजी इलेक्ट्रोनिक्सले आधिकारिक रूपमा वितरण गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस !