नातिको कोदालो प्रहारबाट घाइते हजुरआमाको पनि मृत्यु
दैलेख : नारायण नगरपालिका–३ भुर्ति गाउँमा आफ्नै नातिले कोदालोले हान्दा गभ्भीर घाइते भएकी हजुरआमा जुहारा नेपालीको मृत्यु भएको छ । सोमबार २६ वर्षीय बालाराम नेपालीले ७० वर्षीय हजुरआमा(बज्यै) जुहारा नेपालीलाई कोदालो प्रहार गरी घाइते बनाएका थिए ।
दैलेख जिल्ला अस्पतालमा उपचारका क्रममा सोमबार राति १० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । बालारामकै कोदालो प्रहारबाट उनकी ४६ वर्षीया आमा पार्वती सार्कीको सोमबार नै मृत्यु भएको थियो।
बालारामले सोमबार दिउसो करीब साढे १ बजेतिर आमा पार्वतीलाई घरमै बसिरहेका बेला पछाडीबाट कोदालोले टाउकोमा हिर्काएपछि रोक्न खोज्दा उनले हजुरआमामाथि पनि कोदालो प्रहार गरेका थिए । आमा पार्वतीको भने घटनास्थलमा नै मृत्यु भएको थियो ।
कोदालो प्रहारबाट मुर्छित बनेकी आमा पार्वतीलाई बचाउँन खोज्दा छिमेकी मनिसरा नेपाली र कौशिला नेपाली पनि घाइते भएका थिए । अहिले उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
बालारामको मानसिक अवस्था ठीक नभएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !