आईपीएल : आधार मूल्य तोकियो २० लाख रूपैयाँ, बिके ८ करोड ४० लाखमा

आईपीएल : आधार मूल्य तोकियो २० लाख रूपैयाँ, बिके ८ करोड ४० लाखमा

जयपुर : इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ का लागि खेलाडीको लिलामी सुरू भएको छ । लिलामीकै क्रममा मुम्बईका २५ वर्षीय शिवम दुबे र तमिलनाडुका २७ वर्षीय वरुण चक्रवर्ती चकित पार्ने मूल्यमा विक्री भएका छन् । 

दुवै अलराउन्डरको आधार मूल्य २० लाख रूपैयाँ तोकिएको थियो। वरुणलार्इ आधार मूल्य भन्दा ४२ गुणा धेरै मूल्यमा किङ्ग्स इलेभन पञ्जाबले किनेको हो । उनी ८ करोड ४० लाख भारतीय रूपैयाँमा बिकेका हुन् । अर्कातिर शिवमलार्इ २५ गुणा बढी मूल्यमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले किन्यो । उनलार्इ बेङ्गलुरूले ५ करोड भारतीय रूपैयाँमा किनेको हो । 

वरुणको बलिङ स्टाइल स्टाइल लेग ब्रेक गुगली हो । उनी मिडिल अर्डरका ब्याट्सम्यान पनि हुन् । बलिङमा ७ किसिमको विविधतका कारण उनलार्इ मिस्ट्री स्पिनर पनि भनिन्छ । उनी विजय हजारे ट्रफीमा ९ खेलबाट २२ विकेट लिएपछि चर्चित भएका हुन् । 

उनी यसअघि चेन्नर्इ सुपर किङ्ग्स र कोलकाता नाइट राइडर्सका खेलाडीका लागि नेट्समा बलिङ गर्थे । सुरूमा फास्ट बलर बन्न चाहेका उनी चोट लागेपछि स्पिनर बनेका हुन् । वरुणले विकेटकिपर-ब्याट्सम्यानका रूपका क्रिकेट खेल्न सुरू गरेका थिए । पढाईका लागि कलेजका क्रममा उनले क्रिकेट छाडेका थिए । त्यसपछि उनले क्रिकेट खेल्नैका लागि आर्किटेक्टको जागिर छाडिदिए । 

शिवम किन चर्चामा ? 

मुम्बईका ब्याटिङ अलराउन्डर हुन् शिवम दुबे। उनले ६ पहिलो श्रेणीका खेलमा २ सतक र ४ अर्ध सतक बनाएका छन् । यी खेलमा उनले २२ विकेट पनि लिए । अक्सन भन्दा एक दिन पहिले एक ओभरमा ५ छक्का लगाएर उनी चर्चामा आए। बड़ौदाविरूद्ध खेल्दै उनले मुम्बईका लागि दोस्रो पारीमा ७६ रन पनि बनाए । 

शिवमले देब्रे हाते स्पिनर स्वप्निल सिंहको ओभर मा लगातार ५ छक्का हानेका थिए । स्वप्निलले छैटौँ बल लेग साइटमा वाइड फ्याकिदिएका थिए । बम्बे-बडौदा खेलका क्रममा ३३ वर्षअघि रवि शास्त्रीले देब्रे हाते स्पिनर तिलक राजलार्इ ६ छक्का हानेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.