प्रदेश तीनमा एक विद्यालय एक नर्स कार्यक्रम

प्रदेश तीनमा एक विद्यालय एक नर्स कार्यक्रम

हेटौंडा : प्रदेश ३ मा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सुरु भएको छ। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश लोकप्रिय कार्यक्रमअन्तर्गत सामाजिक विकास मन्त्रालयले नयाँ कार्यक्रम सुरु गरेको हो।

२० विद्यालयका लागि छनोट भएका २० नर्सलाई ललितपुरस्थित पाटन अस्पतालमा तीनदिने सेवा प्रवेश तालिम प्रदान गरी विद्यालयमा पठाइएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सतिश बिष्टले बताए। ‘नीति तथा कार्यक्रममा २० नर्सलाई आवद्ध गराउने भनिए पनि धादिङवेशी निलकण्ठ माविमा भने छनोट भएकी नर्सले काम गर्ने इच्छा नदेखाएपछि अर्को नर्स पठाउने पक्रियामा छ’, उनले भने।

कार्यक्रमलाई पाइलट प्रोजेक्टका रूपमा हेरिएको बताउँदै सामाजिक विकासमन्त्री युवराज दुलालले कार्यक्रम प्रभावकारी देखिएको खण्डमा आगामी वर्षको नीति तथा कार्यक्रममा मन्त्रालयले थप विद्यालय समावेश गर्ने बताए। ‘विद्यार्थीलाई विद्यालय तहबाटै स्वास्थ्यसम्बन्धी जानकारी दिनुका साथै स्वस्थ नागरिक उत्पादन गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो’, उनले भने।

चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ विनियोजन गरिएको मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले बताए। उनले विद्यालयमा खटिएका नर्सले विद्यार्थीलाई शारीरिक र मानसिक रूपमा बलियो बनाउने काम गर्ने बताए। नर्सले स्वास्थ्यसँग सम्बन्धित सम्पूर्ण विषयमा विद्यार्थीलाई जानकारी गराउनुका साथै विद्यालय समयमा विद्यार्थीलाई चोटपटक लागेको खण्डमा उपचारसमेत गर्ने उनले बताए।

नर्सका लागि विद्यालयले दुईवटा कक्षाकोठाको व्यवस्था गरेको मन्त्रालयले जनाएको छ। एउटा कोठा विद्यार्थीको उपचार तथा अन्य गतिविधि गर्न र अर्को कोठा नर्सका लागि आवश्यक सामग्री राख्न छुट्याइएको मन्त्रालयकी स्वास्थ्य कार्यक्रमसंयोजक तथा पब्लिक हेल्थ नर्स मिलन घिमिरेले बताइन्। मन्त्रालयले विद्यालयमा खटिएका नर्सहरूलाई आवश्यक ल्यापटप, उपचारका सामग्री तथा विभिन्न औषधिसमेत व्यवस्था गरेको उनले जानकारी दिइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.