मनाङको उपाधि दौड बलियो

मनाङको उपाधि दौड बलियो

काठमाडौं : मनाङ मर्स्याङ्दी क्लबले पल्सरसहित स्मारक ‘ए’ डिभिजन लिगमा उपाधि दौड बलियो बनाएको छ। नवौं चरणसम्म अपराजित यात्रा कायम राखेको मनाङले मंगलबार भएको खेलमा च्यासल युथ क्लबलाई ३-१ गोलले हरायो। मनाङ लिगमा शतप्रतिशत जित निकाल्ने पहिलो टोली बनेको छ। 

च्यासलसँगको जितले मनाङको उपाधि यात्रा सहज बन्दै गएको छ। २७ अंक बनाएको मनाङ दोस्रो स्थानमा रहेको संकटाभन्दा तीन अंकले अगाडि छ। संकटाको २४ अंक छ। तेस्रो स्थानमा रहेको थ्रीस्टारको २१ अंक छ। थ्रीस्टारले एक खेल कम खेलेको छ। च्यासल १३ अंकका साथ सातौं स्थानमा छ।

मनाङका लागि एडेलाजा सोमिडेले १६औं मिनेटमा खाता खोलेका थिए। उनले भिक्टोरको पासमा पोस्ट नजिकबाट हेड गोल गरेका थिए। पहिलो हाफमा १-० को अग्रता बनाएको मनाङले दोस्रो हाफमा दुई गोल गरेको थियो। मनाङका ओलावाले अफिजले ७२औं मिनेटमा एकल प्रयासमा दोस्रो गोल गरे। ८८औं मिनेटमा विमल रानाले गोल गर्दै मनाङको जित सहज बनाएका थिए। मध्यभागमा औसत खेल खेलेको च्यासलको फिनिसिङ पक्ष कमजोर बनेको थियो। टोलीका प्रभावशाली स्ट्राइकर सन्तोष साहुखल अघिल्लो खेलमा दोहोरो कार्ड पाएका कारण खेल्न नपाएपछि च्यासललाई उनको अभाव खड्किएको थियो।

च्यासलले दोस्रो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत सान्त्वना गोल फर्कायो। उक्त पेनाल्टीलाई च्यासलका देवेन्द्र तामाङले सदुपयोग गरे। डीबक्सभित्र मनाङका रक्षक मोहमद असिफले च्यासलका खेलाडीलाई फल हानेपछि च्यासलले पेनाल्टीको मौका पाएको थियो।

यसैगरी, मंगलबार नै भएको अर्को खेलमा विभागीय टोली एपीएफ क्लबले मच्छिन्द्र क्लबलाई ३-१ गोलले हरायो। एकपक्षीय खेलमा एपीएफले खेलको तेस्रो मिनेटमै गोल गरेको थियो। एपीएफका बुद्धिमान राईले खाता खोले। १२औं मिनेटमा युवराज खड्काले गोल गर्दै एपीएफको अग्रता दोब्बर बनाए। त्यसपछि ३३औं मिनेटमा मच्छिन्द्रका अल्बा एडेमोलाले गोल गर्दै खेललाई २-१ को अवस्थामा ल्याए। जारी लिगमा मच्छिन्द्रको यो पहिलो गोल हो।

एपीएफले दोस्रो हाफको अन्तिममा अर्को गोल थप्दै सहज जित निकालेको थियो। एपीएफका रूपबहादुर रानाले ८९औं मिनेटमा तेस्रो गोल गरेका थिए। जितसँगै १३ अंक बनाएको एपीएफ तालिकाको आठौं स्थानमा छ। तीन अंक बनाएको मच्छिन्द्र १३औं स्थानमा छ। मच्छिन्द्रले एक अंकमा सीमित एनआरटीलाई मात्र उछिनेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.