फन्ड बोर्डका कार्यकारी निर्देशक अर्यालको राजीनामा

फन्ड बोर्डका कार्यकारी निर्देशक अर्यालको राजीनामा

काठमाडौं : ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फन्ड बोर्ड)का कार्यकारी निर्देशक भूपेन्द्र अर्यालले राजीनामा दिएका छन्। खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको दबाब थेग्न नसकेर राजीनामा दिनुपरेको उनको भनाइ छ।

निर्देशक अर्यालले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा सचिवले टेलिफोनमार्फत दिएको दबाबको अडियोसमेत सुनाएका थिए। सचिव ठाकुरले आफ्नो अनुकूल हुने गरी काम गर्न दबाब दिएको अर्यालको आरोप छ। ठाकुरले मन्त्रीसँग समेत आफ्नोबारे गलत ब्रिफिङ गरेको उनको गुनासो छ। ‘उहाँले (सचिव ठाकुर)ले मन्त्री समक्षसमेत मेरोबारे गलत ब्रिफिङ गर्नुभयो।’ सचिव ठाकुरले भ्रामक एवं अनर्गल प्रचारप्रसार गरी समिति ध्वस्त पार्ने उनको आरोप छ।

अर्यालको पुस ७ मा कार्यकाल सकिँदै छ। असार २० गतेको मन्त्रिपरिषद् निर्णयलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट असार २१ गते निर्णय कार्यान्वयन गर्न पठाएको पत्रसमेत सचिव ठाकुरले लुकाएको अर्याल बताउँछन्। १५ दिन गुजारेर साउन ६ गते मात्र दर्ता हुने गरी समितिको नाममा निर्णय कार्यान्वयन गर्नू गराउनू भनी मन्त्रालयमा पत्र आएको छ।

अर्यालले २०७१ पुस ८ देखि कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए। उनी २०६० देखि २०६५ सालसम्म कार्यक्रम विकास अधिकृत र २०६६ देखि २०७० सम्म अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.